शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते

मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८१, मंगलबार

बागलुङ/मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेको बस मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ४ कागबेनीस्थित सेल्फिडाँडामा मंगलबार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार ३-०१-००६ ख ६२२ नम्बरको बस ब्रेक फेल भई सडकमा पल्टिदा सिरहा लहानका आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमीका अनुज न्यौपाने, सिरहा गोलबजारकी ज्योति साह, गुल्मी रुरुकी समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुरकी प्रतीक्षा खड्का, भक्तपुर चाँगुनारायणकी विन्दा दाहल, काठमाडौं एयरपोर्टकी अनामिका थापा, कैलाली गोदावरीका ध्रुवराज जोशी, भोजपुर भोजपरनका पेसल बस्नेत, महोत्तरी जलेश्वरकी रम्मा कुमारी, पाँचथर कुम्मायका आदेश लावती घाइते भएका छन् ।
यस्तै, दुर्घटनामा परी सुनसरी हरिनगरका निशान रसाइली, धनुषा धनगढीका सुरजकुमार परियार, बर्दिया मधुवनका सुवास नेपाल, काभ्रे तेमालका सौगात त्रिपाठी, सर्लाही कौडैनाका साहुल साह, काठमाडौंका साइरस तामाङ, भक्तपुर सूर्यविनायकका अनामिका सुवार, धनुषा जनकपुरका दीपककुमार निधि, सर्लाही हरिवनका निरञ्जन साह र डोटी शिखर नगरपालिकाका रोहित बलायर घाइते भएको मुस्ताङ प्रहरीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए । घाइतेको जिल्ला अस्पताल मुस्ताङमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->