२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत बागलुङ नगरपालिकामा दोस्रो पटक निर्वाचित भै पदबहाली गरेको दुई वर्ष पुरा भएको छ । बागलुङ नगरको विकास, समृद्धि र सुशासनको लागि हामीलाई विश्वास गरेर अभिभारा पूरा गर्नको लागि आफ्नो मताधिकारमार्फत जिम्मेवारी सुम्पने समग्र नगरबासीप्रति हार्दिक धन्यवादसहित कृतिज्ञता ज्ञापन गर्दछौं ।
हामीले निर्वाचनका वखत आम नगरबासीका माझ निर्वाचन घोषणा पत्रमार्फत सार्वजनिक गरेका नगरका समृद्घि र नगरबासीका हित एवम् सरोकारका विभिन्न विषयका योजना सहितको प्रतिवद्घता पुरा गर्नको लागि यो दुई वर्षमा थालेका प्रयासहरुलाई सार्वजनिक गरेका छौं । बाँकी प्रतिवद्धता पुरा गर्नको लागि निरन्तर लागिरहेका छौ । नगरबासीका चाहना, नगरका समृद्घि र आदरणीय नगरबासीका हित एवम् सरोकारका बाँकी विषयलाई यथासंभव पुरा गर्न दृढ संकल्प सहितको प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।





