पोखरा/ नेकपा एमाले मुस्ताङ जिल्ला कमिटीको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा दीपक लालचन निर्वाचित भएका छन । शनिवार सम्पन्न अधिवेशनले ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले बताए ।
यसैगरी जिल्ला उपाध्यक्षमा छेवाङ रिङजिङ गुरुङ, सचिवमा तिलक बिक, उपसचिवमा माया गुरुङ र सम्राट गौचन रहेका छन । सदस्यहरुमा रमेश गुरुङ, छाङरिङजिङ गुरुङ, कुङ्गा तेन्जिङ गुरुङ, ढिकी गुरुङ, गोबिन्द बिष्ट ,जमुना घताने, विजय थकाली, संचित्र गुरुङ, पेमा छेतेन बिक, विशाल शेरचन, हिक्मत नेपाली, सनप्रसाद थकाली, टसी नर्बु गुरुङ, कर्मा नाम्ग्याल गुरुङ, छिरिङ ढिन्डु गुरुङ, कर्मसम्टुक गुरुङ, छयुमी बिष्ट, आङजेन गुरुङ, थाक्पाछिरिङ गुरुङ, शवि शेरचन, पासाङ गुरुङ, झब्यङ तेन्जिङ गुरुङ, थुक्तेन छिरिङ गुरुङ, न्हिमा धिन्डुक गुरुङ, यामकुमारी तुलाचन र दिपक थकाली सर्वसम्मत् भए ।
यस्तै लेखा समितिको अध्यक्षमा सुनदेवी रसाइली, सचिवमा आइतेलाल थकाली र सदस्यमा प्रेमकुमारी शेरचनलाई निर्वाचित भएका छन ।
अधिवेशनको एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै देश र जनताको हितमा एमाले बाहेक अन्य पार्टीले केही गर्न नसक्ने दावी गरेका थिए । अधिवेशनमा सहभागी हुन केन्द्रीय सचिव गोकर्णराज बिष्ट र एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मासहितको टोली मुस्ताङ पुगेको थियो । बिष्टले कोरला नाका जोड्ने उत्तर÷दक्षिण राजमार्ग सडक एमाले सरकारले सुरु गरेको बताए । ‘एमाले केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले मुस्ताङमा पार्टी एक ढिक्का रहेको बताए । एमालेका निवर्तमान जिल्ला अध्यक्ष आशबहादुर थकालीले स्थानीय तहको निर्वाचनमा एमालेले निकै राम्रो सफलता हात पारे पनि त्यो सफलता प्राविधिक कारण जोगाउन नसकेको बताए ।





