बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सशस्त्र प्रहरी बलका प्रशिक्षार्थी अधिकृतहरूले गरे कुष्मामा बञ्जी

सशस्त्र प्रहरी बलका प्रशिक्षार्थी अधिकृतहरूले गरे कुष्मामा बञ्जी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८१, मंगलबार

पोखरा/ सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक आधारभूत तालिमुका प्रशिक्षार्थी अधिकृतहरूले पर्वत जिल्लाको सदरमुकाम कुष्मामा रहेको द क्लिफुमा बञ्जी गरेका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थले ४५ जना प्रशिक्षार्थी अधिकृतहरुको तालिम कार्यतालिकाको साहसिक तालिम प्याकेज अन्तर्गत मंगलबार बञ्जी जम्प गराइएको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिए ।

विगतमा पनि अधिकृतस्तरका प्रशिक्षार्थीलाई साहसिक प्याकेज दिने गरिएकोमा यसपटक बञ्जी थपेर झनै साहसिक अनुभव दिलाइएको उनले बताए । द क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरी बलको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबको रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् । यसअघि नेपाल प्रहरीका विभिन्न तालिम अन्तर्गत विभिन्न समूहले क्लिफमा बन्जी गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->