बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बलात्कार अभियोगमा चार जना पक्राउ

बलात्कार अभियोगमा चार जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८१, बिहिबार

पर्वत/श्रीमान् घरमा नभएको मौका पारेर एक महिलालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पर्वतमा चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भवन बरामका अनुसार पक्राउ परेकाहरूमा पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश के.सी., २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतकै जलजला गाउँपालिका–४ का ३६ वर्षीय कुशल मल्ल रहेका छन् ।
प्रहरीका अनुसार परिचय गोप्य राखिएकी ती महिलाको घरको कोठामा प्रवेश गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूले सोमबार राती करिब एक बजेको समयमा करणी गरेको प्रहरीले बताएको छ । सूचनाको आधारमा घटनामा संलग्न भनिएका चारै जनालाई सोही दिन नै पक्राउ गरी जबरजस्ती करणी गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको छ ।
पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक बरामले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->