बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीका नवउद्यमीहरुको पौरख

गण्डकीका नवउद्यमीहरुको पौरख

गैंडाकोटको रिजाल सेनेटरी प्याड उद्योग प्रथम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८१, सोमबार

पर्वत/गण्डकी प्रदेशको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम नतिजा प्रकाशन भएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते सूचना प्रकाशन गरेर नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा प्रस्ताव पेस गरेका थिए । उद्यमीहरूले गत जेठ दुई गते आफ्नो उद्यमको बारेमा प्रस्तुतिकरण गरेपछि लिएको अन्तरवार्ताका आधारमा नतिजा प्रकाशन भएको हो ।
मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–५ मा रहेको रिजाल सेनेटरी प्याड उद्योगका वीरेन्द्र रिजाल पहिलो, कावासोती नगरपालिका–७ मा रहेको शिवशक्ति एग्रो फर्मका सुदीप दुवाडी दोस्रो र स्याङ्जाको हरिनास गाउँपालिका–२ मा रहेको मग्याम कृषि तथा पशु फर्म प्रालिका आभाष सिग्देल तेस्रो बनेका छन् ।
यो कार्यक्रममा सहभागिता जनाउन मन्त्रालयले प्रदेश भित्रका १६ देखि ४० वर्ष उमेर समूहभित्रका युवालाई आवेदन दिन आह्वान गरेको थियो । लघु तथा घरेलु उद्यम र कृषिमा आधारित उत्पादनमूलक उद्यम÷व्यवसायलाई प्राथमिकतामा राखेर युवा उद्यमीहरूको सूची तयार पारिएको थियो ।
गण्डकी प्रदेश सरकारले युवाहरूको क्षमता विकास तथा परिचालनबाट उनीहरूको व्यक्तिगत उद्यम विकासको साथसाथै प्रदेश र राष्ट्रकै समृद्धिमा मद्दत पुग्ने बताएको छ । पुरस्कृत हुने यी उद्यमी युवाहरूले राष्ट्रिय युवा परिषद्बाट आयोजना हुने संघीय स्तरको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा प्रतिस्पर्धीको रूपमा सहभागिता जनाउने पाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->