शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङबाट अवैध रुपमा लैजान लागेको ३३ सय शालिग्राम बरामद

मुस्ताङबाट अवैध रुपमा लैजान लागेको ३३ सय शालिग्राम बरामद


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८१, मंगलबार

जोमसोम / १५ वटा बोरामा अवैध रुपमा लैजान लागेको ३ हजार ३ सय ७९ वटा शालिग्राम मुस्ताङ प्रहरीले बरामद गरेको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङबाट लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी घमीले शालिग्राम बरामद गरेको हो।

व्यावसायिक प्रयोजनको लागि लुकाइछिपाई ग १ च ८१५२ र ध १ च ११५६ नम्बरको जीपमा राखेर जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी घमीले शालिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए।

प्रहरीले बरामद गरेको शालिग्रामहरु आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमलाई बुझाइएको छ। एक्याप प्रमुख प्रमोदराज रेग्मीले अवैध रुपमा लुकाइ छिपाई लैजान लागिएको शालिग्राम कस्को हो भन्ने खुल्न नसकेको बताए।

एक्याप जोमसोमले बरामद गरिएको शालिग्रामहरु आवश्यक कारबाहीका लागि एक्यापको प्रधान कार्यालय पोखरामा पठाएको छ। मुस्ताङमा यति ठूलो संख्यामा शालिग्राम बरामद भएको यो पहिलो घटना हाृ ।

अन्नपूर्ण संरक्षण क्षेत्रको स्वामित्वमा रहेकोले यहाँका प्राकृतिक श्रोत साधन बिना अनुमति ओसारपसार गर्न पाइँदैन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->