बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतको जलजलाले ल्यायो ५० करोडको बजेट

पर्वतको जलजलाले ल्यायो ५० करोडको बजेट


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८१, बिहिबार

म्याग्दी/पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ लागी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । बुधबार पर्वत बेनीमा आयोजित गाउँपालिका गाउँसभाको १७ औं गाउँ अधिवेशनमा ५० करोड ४ लाख १३ हजारको बजेट पारित भएको हो ।
गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यद्धारा नीति तथा कार्यक्रम, विद्येयक र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । संघीय, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमानित रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरिएको छ ।
संघीय सरकारको समानिकरण अनुदान ९ करोड ३८ लाख रुपैयाँ ,संघीय सरकार राजश्व बाँडफाँड ८ करोड ३२ लाख रुपैयाँ, संघीय सरकार सशर्त अनुदान २४ करोड ४ लाख तीन हजार र समपुरक अनुदानतर्फ एक करोड ४५ लाख रुपैयाँ अनुमानित आय रहेको छ ।
गण्डकी प्रदेश सरकार समानिकरण अनुदानतर्फ एक करोड १८ लाख २६ हजार रुपैयाँ, राजश्व बाँडफाँडतर्फ ६४ लाख ४६ हजार रुपैयाँ, समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ, विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ रहेको छ । जलजलाले ४ करोड २ लाख ३८ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ ।
चालु आर्थिक वर्षको चालुतर्फ ७२.४ र पुँजीगततर्फ ५८ं.३८ प्रतिशत तथा समग्रमा ६८.४२ प्रतिशत बजेट खर्च गरेको हो । आगामी वर्ष प्रशासनिक शिर्षकमा ९ करोड पचास लाख रुपैयाँ बिनियोजन भएको छ । पुँजिगत शिर्षकमा सबैभन्दा धेरै गण्डकी गोपाल गौशालालाई २ करोड ९० लाख रुपैयाँ, लस्ती बास्बोट गौशाला सडकलाई १ करोड, शितभण्डार निर्माण तथा व्यवस्थापनका लागि १ करोड रुपैयाँ, कर्मचारी आवास, स्टोर र भैपरी बिबिध शिर्षकमा १ करोड ५० लाख रुपैयाँ, बेनी– भुर्तुला सडकलाई ३० लाख रुपैयाँ, सल्यान अम्लाए नाथिमारे सडकलाई २२ लाख रुपैयाँ बिनियोजन भएको छ ।


युवा तथा खेलकुदमा १ करोड ४२ लाख तीस हजार रुपैयाँ, वडा विकास कार्यक्रमलाई ५२ लाख, स्वास्थ्यलाई ४६ लाख ३० हजार, पशु सेवामा ४० लाख, कृषि तथा सहकारीमा ६२ लाख, २५ हजार, चिस्यानगृह निर्माण तथा सञ्चालन गर्न ६० लाख बिनियोजन भएको छ । ९ वटा वडा कार्यालयहरुले सिफारिस गरेका योजनाहरुका लागि ४ करोड ७० लाख बिनियोजन भएको छ ।
गाउँपालिका अध्यक्ष आचार्यले विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण, सडक, सिँचाई, भवन, लघुउद्यम, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिए । गाउँसभामा जलजला गाउँपालिका आर्थिक विद्येयक २०८१,जलजला गाउँपालिका विनियोजन विद्येयक २०८१, सुशासन समिति गठन तथा सञ्चालन विद्येयक २०८१ र समिति गठन तथा सञ्चालन विद्येयक २०८१ सर्वसम्मत रुपमा पारित भएको छ । गाउँसभाको अवसरमा जलजला गाउँपालिकाको लोगो पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->