बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वारागुङ मुक्तिक्षेत्रको बजेट २७ करोड ३१ लाख

वारागुङ मुक्तिक्षेत्रको बजेट २७ करोड ३१ लाख


  • ढोरपाटन संवाददाता
  • असार १२ २०८१, मंगलबार

बागलुङ/मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि २७ करोड ३१ लाख रुपैयाँको अनुमानित आयव्यायको बजेट ल्याएको छ । उपाध्यक्ष दिकी गुरुङले गाउँसभामा पेश गरेको बजेटको चालुतर्फ १६ करोड ७७ लाख र पूजिगततर्फ १० करोड ५३ लाख बजेट बिनियोजन गरेकी हुन् ।
बजेटमा वर्थिङ सेन्टर स्थापना, सुदृढीकरण, सामुदायिम महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता बिकास, ल्याव स्थापना, खोप सेवा संचालन र स्वास्थ्य बीमा प्रवद्र्धन कार्यक्रमकालागि बजेटको प्राथमिकता गरिएको हो । त्यसबाहेक आर्युेवेद औषधालय संचालनलाई प्रभावकारी बनाउने र व्यवस्थापनमा जोड दिइएको छ । एकल महिला र जेष्ठ नागरिकको सम्मानमा बजेट राखेको उनले जानकारी दिइन् ।
जलवायु परिवर्तनका कारण आएका समस्या समाधान गर्न बिपत व्यवस्थापन कोष बढाउन २५ लाख बजेट बिनियोजन गरिएको छ । उक्त कोषमा संघिय र प्रदेश सरकारले पनि लगानी गर्ने छन् । वातावरण अनुकुलित बिरुवा रोप्ने कामका लागि पनि गाउँपालिकाले १० लाख बजेट बिनियोजन गरेको हो ।
पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माण, मुक्तिनाथ मन्दिर परिसरमा धार्मिक भक्तजनको पोशाक परिवर्तन कोठा बनाइने छ । कागबेनीमा सार्वजनिक शौचालय बनाउने काममा ८÷८ लाख रुपैयाँ र हाइअल्टिच्युट उपचार केन्द्रका लागि बजेट बिनियोजन भएको पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->