बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मनाङमा ७ जनामात्रै एसईई उत्तीर्ण

मनाङमा ७ जनामात्रै एसईई उत्तीर्ण


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८१, बिहिबार

 

लमजुङ/ हिमालपारीको मनाङ जिल्लाबाट ७ जना विद्यार्थीमात्रै एसईईमा उत्तीर्ण भएका छन । कुल ३९ जनाले परीक्षा दिएकोमा विहीबार प्रकाशित नतीजा अनुसार ३२ जना अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख सुदीप गिरीले जानकारी दिए ।

उनका अनुसार ७ जनामध्ये सदरमुकाम चामेमा रहेको लोकप्रिय माविबाट एसईई दिएका जयराम थापाले सवैभन्दा बढी ३.३९ जीपीए ल्याएका छन । लोकप्रियबाट १७ जनाले एसईई दिएकोमा थापासहित ४ जना उत्तीर्ण भएका छन् । लोकप्रिय खुलाबाट ३ जनाले एसईई दिएकामा ३ जना नै अनुत्तीर्ण भएका छन् ।

तल्लो मनाङस्थित नासों गाउँपालिकामा रहेको प्रकाशज्योति माविबाट १९ जनाले एसईई दिएकामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । माथिल्लो मनाङस्थित अन्नपूर्ण माविबाट १ जनाले एसईई दिएकोमा उनी पनि अनुत्तीर्ण भएको इकाई प्रमुख गिरीले बताए । तल्लो मनाङको तालस्थित भानु मावि भने २ वर्षअघि बाढीले डुबानमा परेपछि विद्यार्थी संख्या कम हुँदै गएको र कक्षा १० मा विद्यार्थी नभएपछि भानु मावि एसईइमा सहभागी भएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->