बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रविलाल अधिकारीको सम्झनामा कविता प्रतियोगिता

रविलाल अधिकारीको सम्झनामा कविता प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • असार २० २०८१, बुधबार

पोखरा/साहित्यकार प्रा. डा. रविलाल अधिकारीको ८० औँ जन्मजयन्तीमा राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । अधिकारी महासंघको संस्थापक केन्द्रीय सदस्य थिए ।
प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम भएका छन् । बागलुङका गौतम मनिष द्वितीय, पर्वतका विवेक पराजुली तृतीय र पर्वतकै सजिना पौडेलले सान्त्वना स्थान प्राप्त गरे ।
प्रथम भएका बस्यालले ११ हजार एक सय ११, द्वितीय भएका मनिषले आठ हजार आठ सय ८८, तृतीय पराजुलीले छ हजार छ सय ६६ र सान्त्वना पौडेलले चार हजार चार सय ४४ नगदका पुरस्कार र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा ४३ जनाले कविता पठाएकोमा अन्तिम छनोटमा परेका २२ जनाले मात्र कविता वाचन गरेका थिए । प्रतियोगिताको निर्णायकमा प्रा. डा. जगन्नाथ रेग्मी , उप प्राध्यापक निर्मल सापकोटा र प्राज्ञ छन्दिका त्रिपाठी रहेका थिए ।
प्रमुख अतिथि नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री किरण गुरुङले पुरस्कार वितरण गरेका थिए ।
महासंघ अध्यक्ष सुवास मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य महासंघ कास्की अध्यक्ष शिवहरि ढुंगाना, सञ्चालन गण्डकीका महासचिव छवि सुवेदीले गरेका थिए ।
वि.सं. २००२ साल असार १६ गते तत्कालीन लमजुङ जिल्लाको मिजुरेडाँडा गोर्जे हाल मादी गाउँपालिका वडा नं. ९ मा जन्मेका रविलाल अधिकारीको २०७९ फागुन १६ मा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->