पाेखरा/पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटा टिमुरवोट पन्थेमा २ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र स्याङजाको आंधिखोला गाउंपालिका वार्ड नं ३ का ३३ वर्षीय तुलसीराम शर्मा रहेका प्रहरीले जनाएको छ ।
पन्थेका कुलप्रसाद पाध्याको गोठमा पहिरो जाँदा भैसि वाख्रा वचाउने क्रममा गोठनै पहिरोमा परेपछि उनीहरु बेपत्ता भएका हुन । पहिरोमा परेर २ भैसि, १ पाडो ,४ वटा वाख्रासमेत वेपत्ता भएका छन ।





