बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिरोमा परि पर्वतमा दुई वेपत्ता

पहिरोमा परि पर्वतमा दुई वेपत्ता


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८१, शनिबार

पर्वत / निरन्तर परेको वषाएका कारण पहिरो जाँदा पर्वतमा दुई जना वेपत्ता भएका छन् । पर्वत फलेवास नगरपालिका वडा नं. १. कार्कीनेटामा पहिरो जाँदा २ जना वेपत्ता भएका हुन्।
अविरल वर्षाका कारण आज २ः३० बजे पहिरो जाँदा स्थानीय टिमुरवोट निवासी कुलप्रसाद पाध्याको छोरा वर्ष ४० का झलक प्रशाद शर्मा र स्याङ्जा आंधिखोला गाउंपालिका वार्ड नं ३ निवासी ३३ वर्षको तुलसी प्रसाद शर्मा रहेका छन् ।
घर नजिकै गोठमा पहिरो गएपछि भैसी र बाख्रालाई जोगाउन खोज्दा गोठको तल्लो भाग र माथिल्लो भागबाट एक्कासी पहिरो गएर गोठमा रहेका बस्तुभाउ सहित उनिहरुलाई बगाएको स्थानीयले बताएका छन् ।
प्रहरी र स्थानीहरु उद्धार गर्न पुगे पनि निरन्तर पानी पर्दा र पहिरो जानेक्रम नरोकिदा उद्धारमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।
पहिरोमा २ वटा माउ भैसि, १ वटा पाडो, ४ वटा वाख्रा समेत वेपत्ता भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->