बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वत पहिरोमा बेपत्ता २ को शव फेला

पर्वत पहिरोमा बेपत्ता २ को शव फेला


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८१, शनिबार

पोखरा/पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटा टिमुरवोट पन्थेमा पहिरोमा परी बेपत्ता २ जनाको शव फेला परेको छ । स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र स्याङजाको आंधिखोला गाउंपालिका वार्ड नं ३ पाख्रीबोटका ३३ वर्षीय तुलसीराम शर्माको शव भेटिएको प्रहरीले जनाएको छ ।

कार्कीनेटाका स्थानीय बिजय क्षेत्री (बिजु भाई) का अनुसार तुलसीको घटनास्थलभन्दा करीव २ सय मिटर जति तल र झलकको सेपतस्थित आँधिखोलामा शव भेटिएको हो । पन्थेका कुलप्रसाद पाध्याको गोठमा पहिरो आएको देखेर गोठमा रहेका भैंसी र बाख्रा बचाउने क्रममा गोठनै पहिरोमा परेपछि उनीहरु बेपत्ता भएका थिए । पहिरोमा परेर २ भैसि, १ पाडो ,४ वटा वाख्रासमेत वेपत्ता भएका छन ।

स्थानीयका अनुसार तुलसीराम आफ्नो गाउँमा पहिरो खसेपछि ज्यान जोगाउन भन्दै पन्थे गएका थिए । तर त्यहाँ उनी सुरक्षित हुन सकेनन् । ज्यान गुमाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->