आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मिस पवी र पुष्पजंगले साटे मनका कुरा (भिडियो)

मिस पवी र पुष्पजंगले साटे मनका कुरा (भिडियो)


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८१, आइतबार

पोखरा / मोडेल तथा सञ्चारकर्मी पुष्पजंग कुँवर लामो समयपछि शिरफूलबाट सांगीतिक बजारमा सार्वजनिक भएका छन्। सांगीतिक क्षेत्रबाट केही वर्ष गुमनाम रहेका मोडेल कुँवर शनिबार नयाँ देउडा गीत शिरफूलबाट सार्वजनिक भएका हुन्।

‘तिर्खा लाग्या पानी मुल, माया नमारे शिरफूल’ देउडा गीतलाई मोडेल कुँवरको युटुव च्यानल पुष्पजंग कुँवरबाट सार्वजनिक गरिएको छ। यो शिरफुलमा चर्चित देउडा गायिका रेखा जोशी र गायक अर्जुन भुलको स्वर रहेको छ।

मोडेल कुँवरको शब्द र मोडलिङमा केन्द्रित शिरफूलमा कुँवरले चर्चित टिकटकर मिस पवीसँग मनका कुरा साटेका छन्। विदेश भासिन लागेका प्रेमी र प्रेमिकाको मनका कुरा गीतको भावमा अभिव्यक्त छ।

मोडेल कुँवरले टिकटकर मिस पवीलाई फकाई रहेको गीतको म्युजिक भिडिओमा देखिएको छ। दिनेश ठकुल्लाको निर्देशनमा काठमाडौँ उपत्यका विभिन्न ठाउँमा छाया‌कन भएको हो। कुँवरले यसअघि देउडा,तीज र लोक दोहोरी गीतमा स्वर दिनुका साथै मोडलिङ गरिसकेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->