पोखरा / शुक्ला साहित्य प्रतिष्ठानले यस वर्षको मदनचन्द्रा साहित्य सेवा पुरस्कार लेखक एवं साहित्यकार रबीन्द्र माकाजुलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यस अघि सो पुरस्कार बरीष्ठ गायिका ज्ञानु राणा (काठमाडौं) लाई प्रदान गरिएको थियो । रु २५ हजार नगद र सम्मानपत्रका साथ उक्त पुरस्कार भानु जयन्तीका दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । लेखक माकाजुका करिब ६ दर्जन पुस्तक प्रकासित छन् ।





