बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मध्यपहाडीको कुश्मा-बागलुङ खण्ड पहिरोले अवरुद्ध

मध्यपहाडीको कुश्मा-बागलुङ खण्ड पहिरोले अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • असार २८ २०८१, बिहिबार

पर्वत/अविरल वर्षापछि बिहीबार बिहान आएको पहिरोले मध्यपहाडी राजमार्गको कुश्मा बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । कुश्मा नगरपालिका–१ सहस्रधारामा विहान २ बजेकाे समयमा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्नेछ । ‘सडक खुलाउने पहल भइरहेको छ’ टेलिफोनमा उनले भने, ‘तर ठूलो भएकाले तत्काल पहिरो पन्छाउन सकिने अवस्था छैन ।’ पहिरोको लेदोले एउटा रेष्टुरेन्टको कम्पाउन्ड सबै ढाकिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->