शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

भाषिक, जातिय एकता, राष्ट्रिय पहिचान र सांस्कृतिक चेतना जगाउन भानुभक्तको महत्वपूर्ण याेगदान– मुख्यमन्त्री पाण्डे

भाषिक, जातिय एकता, राष्ट्रिय पहिचान र सांस्कृतिक चेतना जगाउन भानुभक्तको महत्वपूर्ण याेगदान– मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • असार ३० २०८१, शनिबार

पोखरा /गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिको एकिकरण सुरुवात गरेको बताएका छन । २११ अ‍ैं भानु जयन्तीको अवसरमा शनिवार विज्ञप्तिमार्फत मुख्यमन्त्री पाण्डेले शुभकामना व्यक्त गर्दै भानुभक्तले रामायण, बुधशिक्षा, भक्तमाला, रामगीता, लगायत कयौँ रचनाहरुले भाषिक क्षेत्रमा नयाँ युग निर्माणका साथै छरिएका भाषाहरूलाई एक सुत्रमा बाँध्न मद्धत पुगेको बताएका हुन । साथै जातीय एकता, राष्ट्रिय पहिचान, संस्कृतिक चेतना जगाउन र नेपाली संस्कृतिलाई बलियो बनाउन भानुभक्तको ऐतिहासिक योगदान अहिलेपनि उत्तिकै अपरिहार्य रहेको उनले जनाए ।

संसारभर छरिएर रहेका नेपालीहरुका लागि भानुभक्त सदासर्वदा प्रातःस्मरणीय रहेको जनाउँदै उनले घाँसीको प्रेरणाबाट महत्वपूर्ण कृति जन्माउनु भएको घटनाले त झन उहाँको सरलता र महानता झल्कने विज्ञप्तिमा उल्लेख गरेका छन । ‘रामायण जस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पुर्‍याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवद्धनमा उहाँले गर्नुभएको योगदान नेपाल र नेपालीको मानसपटलमा युग युगसम्म रहनेछ’ मुख्यमन्त्री पाण्डेले भनेका छन, ‘युग पुरुष भानुभक्त जन्मेको स्थल हाम्रा लागि पुण्य भूमि हो । साहित्यकारहरुका लागि यो तीर्थस्थल हो । भानुभक्तले भाषा, साहित्यमा गरेको क्रान्ति र योगदानको भानु जयन्तीको अवसरमा स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु ।’
नेपाल र नेपालीको प्रेरणाका स्रोत नेपाली भाषाको श्रीवृद्धिका माध्यमबाट नेपालको राष्ट्रिय एकतामा अतुलनीय योगदान गर्ने युगपुरुष आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा सबैलाई बधाई तथा शुभकामना उनले दिएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->