बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भानुभक्तको योगदानबारे चर्चा

भानुभक्तको योगदानबारे चर्चा


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०८१, आइतबार

बागलुङ/२ सय ११ औ भानुजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । धौलागिरी साहित्य प्रतिष्ठान, विद्यामन्दिर पुस्तकालय बागलुङ र सार्थक प्रकाशनले संयुक्त रुपमा कविता गोष्ठी, भानुचित्र लेखन र नेपाली साहित्यमा भानुभक्तले पुर्याएको योगदानबारे चर्चा लगायतका कार्यक्रमसहित भानु जयन्ती मनाईएको हो ।
कार्यक्रमका अधिकांश सहभागीले भानुभक्त आचार्यले रामायण जस्तो महाकाव्य लेखेर नेपालीहरुलाई बिर्सन नहुने गुन लगाएको चर्चा गरे ।
कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी प्रयासले कविता वाचन गरेर गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले नेपाली भाषा साहित्यमा आदीकवी भानुभक्त आचार्यले महत्वपुर्ण योगदान पु¥याएको बताए ।
पुस्तकालयका सल्लाहकार प्राज्ञ प्रेम छोटाले आदीकवी भानुभक्तको योगदान सदैव स्मरण योग्य रहेको बताए । भानुभक्तको योगदानबारे धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डयले चर्चा गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु काजिरोशन, नेत्र सुवेदी प्रयास, धनराज सापकोटा जिज्ञासु, मुकेशचन्द्र राभजण्डारी रामचन्द्र शर्मा, युक्तप्रसाद सुवेदी, गुणराज शर्मा, राजेन्द्र आचार्य, गोविन्द सुवेदी, प्रकाश कार्की, रामचन्द्र शर्मा, कोपीला कँडेल, दिक्षा क्षेत्री, सृष्टी सुवेदीले कविता, गजल मुक्तक लगायतका सृजना वाचन गरेका थिए ।
भानु चित्र लेखनमा परिधी विश्वकर्मा प्रथम, प्राथना वझा द्धितिय र सोमिया शर्मा तृतिय भएका थिए ।
कार्यक्रममा सर्जक धर्मभक्त थापाको १ सय १ औ जन्मजयन्ती बारेमा पनि चर्चा भएको थियो । थापाको योगदानबारे धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक हिरालाल रेग्मीले चर्चा गरेका थिए ।
कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजीरोशनको अध्यक्षता, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’को स्वागत र उपाध्यक्ष रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।
यसैबीच, २ सय ११ औ भानुजयन्ती काठेखोला गाउँपालिका वडा नं. ५ स्थित त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रम बिहुँ रामकोटमा पनि मनाईएको छ ।
आश्रमको गुरुकुलका विद्यार्थी, प्राध्यापक लगायत साहित्यीक व्यक्तित्व र जनप्रतिनिधीको रोहवरमा भानुजयन्ती मनाईएको हो । कार्यक्रम कविहरुले रामायण वाचन तथा भानु समर्थित कविता वाचन गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष गौरीशंकर शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->