पोखरा/ पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठानलाई अक्षयकोषका लागि प्रदान गरेका छन् । ढकालले २११ औं भानुजयन्तीका अवसरमा यही असार २९ गते भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरे । यसअघि कुनै पनि सेवा सुविधा नलिई प्रज्ञा प्रतिष्ठानको ३ वर्षे कार्यकाल पूरा गरेका ढकालले विभिन्न संघ, संस्था र प्रज्ञा प्रतिष्ठानका कार्यक्रममा समेत आफ्नो व्यक्तिगत तर्फबाट करिब ४ लाख रुपैयाँ सहयोग गरिसकेको जनाएका छन ।
ढकालले आफ्ना ४ वटा एकल साँझबाट बचत भएको रकमबाट आमाबाबाका नाममा पुरस्कार प्रदान गर्न लेखनाथ साहित्य प्रतिष्ठान र लेखनाथ सांस्कृतिक समूहमा ७ लाख ५० हजार र लक्ष्मी आदर्श मावि पोखरा २७ मा ५ लाख ११ हजार १ सय ११ को अक्षयकोष स्थापना गरेका छन् । त्यसैगरी सप्तरंगी सांस्कृतिक प्रतिष्ठानद्वारा सञ्चालित कलाकार अक्षयकोषमा समेत २ लाख रुपैयाँ सहयोग गरेका छन् ।





