बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यस वर्षको तीजमा चन्द्रावतीका तीन कोशेली

यस वर्षको तीजमा चन्द्रावतीका तीन कोशेली


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८१, सोमबार

पोखरा/ तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत स्रोता र दर्शकमाझ ल्याएकी छन ।

बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन् भने माइतीको झल्को आउने अन्तिम तयारीमा छ । समाजका कथा, व्यथा र पीडालाई जीवन्त रुपमा गीतका माध्यमबाट प्रस्तुत गर्दै आएकी वाग्लेका गीतमा देशको सीमा, देशको रक्षाका लागि लडेका नेपाली योद्धाको चर्चासँगै पछिल्लो समय देशको सीमा मिचिएको लगायतका विषय उल्लेख गरिएको छ ।
देशभक्ति शीर्षकको गीतको सुरुको टुक्कामा नै उनी भन्छिन,

“आजसम्म गाइयो गीत सत्ताको र शक्तिको ।
यो तीजमा गाउँछु गीत देशभक्तिको ।।”
देशको रक्षाका लागि पुर्खाले गरेको बहादुरी प्रति गर्व गर्दै उहाँ गीतमा भन्नुहुन्छ ।
“नालापानी युद्ध लडी देश बचाए पुर्खाले ।
जतन गर्न सकेनौ च्यापे अर्काले ।।

तत्कालीन समयमा नेपालीहरू एकजुट भएर शत्रु पराजित गरेको र सामअन्य रुपमा जीवनयापन गरेको प्रसङ्ग उनले उल्लेख गरेकी छन ।

“शत्रु पराजित गरे दाजुभाइ मिलेर ।
भोकलाग्दा पानी सँग सातु लिएर ।।
राष्ट्रियता राष्ट्र प्रति सधैं भलो चिताए ।
कछाड र कमेजमा रात विताए ।।”

देशका लागि स्वार्थ रहित ढंगले बहादुरी साथ लडेको भन्दै गीतमा

“बहादुरी साथ लडे स्वार्थमा कहीँ चुकेनन् ।
देशका लागि कति रोए कतैं झुकेनन् ।।
आज भाइभाइ लडे दोस्रो पक्ष हाबी भो ।
चारैतिर सिमानामा उनकै दाबी भो ।।”

भुठा आस्वासन र एक अर्कामा गाली गलौजले देश विकास नहुने उनको सन्देश छ ।

“सडक सदन चोकचोकै झुटो भ्रम छर्दैमा ।
हुन्न विकास विपक्षीलाई गाली गर्दैमा ।।”

यी गीत ‘चन्द्रावती वाग्ले’ नामक युटुव च्यानलमार्फत गीतसहितको म्युजिक भिडियो हेर्न सकिन्छ । गीतको म्युजिक भिडियोमा वसन्त चालिसे, दीपेन्द्र कार्की, बुद्धिसागर खनाल, शिव त्रिपाठी, मुक्तिप्रसाद रेग्मी र ढुुण्डीराज ज्ञवालीको मुख्य अभिनय रहेको छ । श्रृंगार सुरेश भुर्तेल, छयांकन पनि शिव र सुरेश भुर्तेलले नै गरेका छन । उनको ‘बालेन’ नामको म्युजिक भिडियो एक साता अघि सार्वजनिक भएको थियो । विभिन्न आठवटा टुक्कामा समेटिएको गीतमा काठमाडौं महानगरप्रमुख बालेन शाहले थालेका विकास निर्माणका बारेमा चर्चा गर्दै राम्रा कामहरू सबैका लागि अनुकरणीय हुने उल्लेख गरिएको छ ।

“लुटिएका कैयौं जमिन सरकारमा सार्दैछन् ।
साँघुरा ति सडक पेटी चाक्ला पार्दैछन् ।।”

पहिलोपटक २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गरेकी गीतकार वाग्लेका यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुई, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आऊ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरिसकेकी छन । साहित्यका अन्य विभिन्न विधामा समेत कलम चलाउँदै आएकी उनका हरिश्चन्द्र शोककाव्य, जिन्दगीको बाटो मोडियो तीज गीत संग्रहका साथै पलपलका भावनाहरू कविता संग्रह प्रकाशन भैसकेका छन् । पोखरा महानगरपालिकामा अधिकृत कर्मचारीका रुपमा सेवारत वाग्ले कस्केली अधिकृत समाजको कार्यसमिति सदस्य सहित विभिन्न सामाजिक संघ संस्थामा कृयाशिल छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->