पर्वत/गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे अवधिमा पर्वतका ७३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार बेपत्ता भएकामध्ये ५४ जना फेला परेकोमा १९ जनाको अवस्था भने अझै पनि अज्ञात रहेको छ । हराएकाान २८ जना पुरुष, ३३ जना महिला, एक जना बालक र ११ जना बालिका गरी ७३ जना रहेका छन् ।
फेला परेका मध्ये १८ जना पुरुष, २४ा महिला, एक बालक र ११ जना बालिका रहेका छन् । तर १० जना पुरुष र नौ जना महिलाको अवस्था भने अझै पनि अज्ञात रहेको जिल्ला प्रहरीले जनाएको छ
। गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय पर्वतमा कुल एक सय ३२ वटा विभिन्न शीर्षकमा मुद्दा दर्ता भएको पनि भुसालले बताए । कर्तव्य ज्यानमा तीन वटा, भवितव्य ज्यानमा १७ वटा, फुटकर ज्यानमा २३ वटा, झुन्डिएका ४१ वटा, हाम फालेका (डुबेका) एउटा, चोरीमा छ वटा, लागू औषधमा दुई वटा, हातहतियार खरखजानामा दुई वटा, बैङ्किङ कसुरमा दुई वटा मुद्दाहरू दर्ता भएका छन् ।
यस्तै बहु विवाहमा दुई वटा, जबरजस्ती करणीमा सात वटा, जबरजस्ती करणी उद्योगमा दुई वटा, सवारी ज्यानमा चार वटा, साइवर क्राइममा एक जना, सहकारी ऐन, २०७४ अन्तर्गत परिभाषित कसुरमा तीन वटा, अभद्र व्यवहारमा १४ वटा, आत्महत्या दुरुत्साहनमा एक वटा र बाल यौन दुरुपयोगमा एक वटा मुद्दा दर्ता भएका छन् ।
दर्ता भएकामध्ये ४७ वटा मुद्दाको फर्स्यौट भइसकेको छ भने ८५ वटा मुद्धाहरु फर्स्यौट हुन बाँकी रहेका छन् । यी मुद्दाहरूमा हालसम्म ६६ जनालाई नियन्त्रणमा लिइएको पनि जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ ।





