बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गत आर्थिक वर्षमा पर्वतमा विपद्का १५५ घटना, ५ जनाको मृत्यु, ६० लाखको क्षति

गत आर्थिक वर्षमा पर्वतमा विपद्का १५५ घटना, ५ जनाको मृत्यु, ६० लाखको क्षति


  • संजय रेग्मी
  • साउन ८ २०८१, मंगलबार

पर्वत/गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा विभिन्न चार प्रकारका एक सय ५५ वटा प्राकृतिक विपद्का घटनामा ५ जनाको मृत्यु भएको छ । साथै ६० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार एक वर्षको अवधिमा बाढी पहिरोका ९९, आगलागीका ४१, करेन्ट लागेका पाँच र चट्याङका १० वटा घटनाहरू भएका छन् । यी मध्येका बाढी पहिरोमा परेर ४ र आगलागीमा परेर एक जना गरी ५ जनाको मृत्यु भएको छ । आगलागीबाट दुई, करेन्टबाट तीन र चट्याङ लागेर सात जना गरी १२ जना घाइते हुँदा बाढी पहिरोमा परेर एक जना बेपत्ता रहेका छन् ।
पशुपक्षीतर्फ बाढी पहिरोमा १०, आगलागीमा १८ र चट्याङमा दुई गरेर ३० वटाको मृत्यु भएको छ । भौतिक क्षतितर्फ करिब ६० लाख ७५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले विवरण सङ्कलन गरेको छ । बाढी पहिरोबाट ६० लाख ३० हजार, आगलागीबाट ३१ हजार र चट्याङबाट १४ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढी पहिरोमा परेर ७० वटा घर, ११ वटा गोठ र १८ वटा अन्य संरचनामा, आगलागीबाट १२ वटा घर, ११ वटा गोठ र १८ वटा अन्य संरचनामा, करेन्टबाट दुई वटा अन्य संरचनामा र चट्याङबाट सात वटा घर, तीन वटा गोठ गरी १० वटामा क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ । जिल्लामा हुने गरेका विपद्का घटना न्यूनीकरण गर्न तथा विपद् प्रतिकार्यका लागि नेपाल प्रहरीले सकेसम्मको मिहिनेत गरिरहेको उनले बताए । जिल्लाभरका लागि रहेका दरबन्दीहरू सम्बन्धित चौकीहरूमा हुनुपर्दा कतिपय विपद्मा नेपाल प्रहरी आवश्यकता अनुसार उपलब्ध नहुने तर प्रहरीले नेपाली सेना र सशस्त्र प्रहरी बलसँग मिलेर एकीकृत रूपमा उद्धार, राहत र पुन स्थापनामा खट्ने गरेको प्रहरी नायव उपरीक्षक भुसाल बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->