तस्बिर : राम बहादुर थापा
बागलुङ/नौ वर्षपछि प्रदर्शन गर्न लागिएको हनुमान नाँचलाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरिएको छ ।
हनुमान नाँच संरक्षण परिषद बागलुङले भदौ ११ गतेदेखि सदरमुकाम बागलुङ बजारमा प्रर्दशन गर्न लागेको नाँचलाई व्यवस्थित गर्दै भव्य र सभ्य बनाउन पुजा, आर्थिक, कलकार छनौट, प्रचार प्रसार, पोशाक, मुल्याङ्कन, भजन र बाद्यबादन समिति गठन गरिएको परिषदका सचिव जय राजभण्डारीले जानकारी दिए ।
पुजा समितिको संयोजकमा तिर्थप्रसाद श्रेष्ठ, सदस्यहरुमा इश्वरप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, मनोविज्ञान श्रेष्ठ, देवबहादुर श्रेष्ठ, आर्थिक समितिको संयोजकमा तुलसी नारायण भारी, सदस्यहरुमा सुन्दर श्रेष्ठ, विदेशकुमार श्रेष्ठ, कलाकार छनौट समितिको संयोजकमा इश्वरप्रसाद श्रेष्ठ, सदस्यहरुमा केशवप्रसाद वझा, तुलसी नारायण भारी, प्रचार प्रसार संयोजकमा निलेश राजभण्डारी, सदस्यहरुमा सुदिप राजभण्डारी, ताराप्रसाद शर्मा, पोशाक संयोजकमा मनोविज्ञान श्रेष्ठ, सदस्यहरुमा राजकपुर श्रेष्ठ, सुसन मलेपति, मुल्याङ्कन समितिको संयोजकमा इश्वर बज्रचार्य सदस्यहरुमा विकास शाक्य, भिमसेन शाक्य रहेका छन् ।
यस्तै, भजन संयोजकमा विकाश शाक्य, सदस्यहरुमा रमेशकुमार राजभण्डारी, ताराप्रसाद श्रेष्ठ, प्रचण्ड श्रेष्ठ, इन्द्रराज श्रेष्ठ र बाद्यबादन संयोजकमा अजयप्रसाद श्रेष्ठ, सदस्यहरुमा निरज कुमार शाक्य र भुदर्शन श्रेष्ठ रहेको सचिव राजभण्डारीले जानकारी दिए । परिषदले हनुमान नाँचको पुस्ता हस्तान्तरण र पुर्नताजकीका लागि साउन १ गतेबाट नृत्य र बाद्यबादनको तालिम पनि संचालन गरेको छ ।





