बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा नागरिकताभन्दा राहदानी लिनेको संख्या एक सय १४ प्रतिशत बढी

पर्वतमा नागरिकताभन्दा राहदानी लिनेको संख्या एक सय १४ प्रतिशत बढी


  • संजय रेग्मी
  • साउन १६ २०८१, बुधबार

पर्वत/ पर्वतमा गत आर्थिक वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको तुलनामा एक सय प्रतिशतले बढी नागरिकले राहदानी बनाएका छन् ।  जिल्ला प्रशासन कार्यालयका अनुसार आव २०८० ०८१ मा ३ हजार एकसय ८७ जनाले नागरिकताको प्रमाणपत्र लिए । तर राहदानी लिनेको संख्या भने ६ हजार ८ सय २७ रहेका छन । राहदानी लिनेको यो संख्या जिल्लाबाट राहदानी सिफारिस भई राहदानी जिल्लामा नै आइपुगेपछि वितरण भएकाहरूको हो । जिल्लाबाट राहदानी नबुझेर द्रुतरूपमा राहदानी लिनको लागि जिल्लाबाट सिफारिस लगेकाहरूको संख्या २ सय ७४ रहेको छ । यसलाईसमेत जोड्दा राहदानी लिनेको संख्या नागरिकता लिने भन्दा झन्डै एक सय २३ प्रतिशतले बढी हुन आउँछ ।

सोही आवमा ३ हजार ५ सय ३७ वटा नागरिकताको प्रतिलिपि दिइएको छ । १८ वटा गैरआवासीय नागरिकता, तीन वटा वैवाहिक अङ्गीकृत नयाँ नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए । उक्त अवधिमा कार्यालयले ३ हजार छ सय ४७ वटा विविध सिफारिस, १२ वटा मुद्दा दर्ता, अगाडिबाट ल्याएको सहित १९ वटा मुद्दाको फैसला, ७४ वटा विभिन्न उजुरी दर्ता र कारबाही, प्रहरी चौकी सहित ३५ वटा कार्यालयको अनुगमन, बजारमा १७ वटा अनुगमन गरिएको छ ।

यस्तै २४ वटा संघसंस्थाको अनुगमन, ५२ वटा संस्था दर्ता, दुई सय २९ वटा संस्था नवीकरण, तीन सय २२ वटा नाबालिग परिचयपत्र वितरण, २९ पटक जिल्ला सुरक्षा समितिको बैठक बसेको, वैदेशिक रोजगार क्षतिपूर्ति एक करोड ५० लाख ३७ हजार छ सय एक रुपैयाँ वितरण गरिएको, ५७ जनालाई विपद् पीडित राहत वितरण गरिएको, चार करोड २१ लाख ३० पाँच सय ७२ रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेख छ । २५ जना विशिष्ट व्यक्तिहरूले जिल्लामा भ्रमण गरेको, नौ हजार छ सय ३८ वटा राष्ट्रिय परिचयपत्रको वैयक्तिक तथा जैविक विवरण सङ्कलन गरेको तथा चार हजार चार सय २५ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको पनि प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->