शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संरक्षणमा ध्यानाकषर्ण गराउदै बागमती नदीमा र्‍याफ्टिङ

संरक्षणमा ध्यानाकषर्ण गराउदै बागमती नदीमा र्‍याफ्टिङ


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०८१, शनिबार

काठमाडौं / नदी संरक्षणका लागि सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्न शनिबार बागमती नदीमा र्‍याफ्टिङ गरिएको छ।

नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस् क्लब कुपोण्डोलको आयोजनामा बागमतीमा र्‍याफ्टिङ गरिएको हो। कुपोण्डोलबाट शुरू भएर सुन्दरीघाटसम्म र्‍याफ्टिङ गरिएको छ।

केही दिनयता लगातारको वर्षाले बागमती नदीमा पनि बाढी आएको छ। पानीको सतह बढेकाले र्‍याफ्टिङ गर्न सहज भएको सहभागीले बताएका छन्।

र्‍याफ्टिङमा सहभागी अनुप कार्कीले बागमतीलाई पुरानै अवस्थामा फर्कानुपर्ने बताए। पाँच वर्षको छोरासँग जलयात्रामा सहभागी उनी उहिलेको बागमतीबारे सुनाउँदै थिए।

‘म तिमी जस्तै हुँदा पौडी खेल्थँ। पानी सफा थियो,’ कार्की भन्दै थिए, ‘अब फेरि बागमतीलाई पहिलेको जस्तो बनाउनुपर्छ, सफा अनि निश्चिल।”’

त्यस्तै, अर्का स्थानीय राजीवराज पौडेल नयाँ पुस्तालाई बागमती संरक्षणबारे जागरुक बनाउनुपर्ने बताउँछन्। र्‍याफ्टिङमा सहभागी उनी भन्छन्, ‘बागमती नदी हाम्रो सम्पति हो, हाम्रो धरोहर हो। जोगाउन जरुरी छ।’

बागमती नदी महोत्सवको २४औं संस्करण अन्तगृत र्‍याफ्टिङ गरिएको हो। नेवार समुदायले पानी मुहान सफा गर्न मनाउने सिथी नखः पर्वसँगै यो अभियान शुरू गरिएको थियो।

हरेक साता नदी सरसफाइ, पर्यावरणीय संरक्षण, कला, साहित्य तथा संस्कृति झल्काउने क्रियाकलाप गरिँदै आएको र आज र्‍याफ्टिङ गरिएको आयोजक फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाही बताउँछन्।

गत सात वर्षदेखि निरन्तर र्‍याफ्टिङ गरिँदै आएको छ। बागमती नदीका समस्या समाधान गर्न र जनचेतना जगाउन र्‍याफ्टिङ गरिएको नेपाल नदी संरक्षण संस्थाका सदस्य जीवन अधिकारी बताउँछन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->