बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एउटै सिनेमामा काम गर्दै केकी, उपासना र सिर्जना

एउटै सिनेमामा काम गर्दै केकी, उपासना र सिर्जना


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८१, बुधबार

काठमाडौं / एउटै चलचित्रमा तीन नायिकाले स्क्रिन सेयर गर्ने भएका छन् । केकी अधिकारी, उपासना सिंह ठकुरी र सिर्जना नापितले एउटै चलचित्रमा काम गर्ने भएका हुन् ।

निर्देशक दीपेन्द्र के खनालको आग्रहलाई स्वीकार गर्दा तीन नायिका एउटै सिनेमामा देखिने भएका छन् ।

पर्सी शुक्रबारदेखि छायांकनमा जान लागेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’ मा यी तीन नायिकाले काम गर्न लागेका हुन् । तीनैजनासँगै निर्माणपक्षले कागजी सम्झौता गरिसकेको निर्देशक खनालले जानकारी दिए ।

यो चलचित्रमा स्टार कलाकारहरूको जमघट हुने भएको छ । मुख्य अभिनेताहरूमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भइसकेका छन् ।

‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि केकीले खेल्न लागेको यो पहिलो चलचित्र हो ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको चलचित्रको कथा वुद्धिसागरले लेखेका हुन् । चलचित्रको छायांकन काठमाडौंमा हुनेछ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->