बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आम्दानीको स्रोत बन्दै च्याउ खेती

आम्दानीको स्रोत बन्दै च्याउ खेती

१० बर्षदेखि व्यावसायिक कृषि खेतीमा सक्रिय खत्रीले बर्षेनी च्याउ मात्रै बेचेर ६ लाखभन्दा बढी कमाउँछिन् ।


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०८१, आइतबार

म्याग्दी/पर्वतको जलजला गाउँपालिका–८, फर्सेकी सावित्री खत्रीले च्याउ खेतीबाट मनग्य आम्दानी गरेकी छन् । कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत १० बर्षदेखि व्यावसायिक कृषि खेतीमा सक्रिय खत्रीले बर्षेनी च्याउ मात्रै बेचेर ६ लाखभन्दा बढी कमाउँछिन् ।
तीन वटा टनेलमा कन्ये, गोब्रे च्याउखेती उत्पादन गरी बागलुङ, म्याग्दी र पर्वतको कुस्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाई छ । ‘च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु,उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,’ कृषक खत्रीले भनिन् । गोब्रे च्याउको प्रति केजी ५ सय र कन्येलाई २ सयमा बिक्री गर्ने कृषक खत्रीले गोब्रे च्याउबाट साढे ४ लाख, कन्य च्याउबाट डेढ लाख आम्दानी भएको बताइन् ।
कच्चा पदार्थ सहितका साम्रागी समेत तयार गर्ने गरेकी कृषक खत्रीले ७ रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारी ४ लाखको बिक्री गर्ने गरेको बताइन् । ‘हाइटेक टनेल थपेर बाह्ै महिना च्याउ खेती गर्ने लक्ष्य छ,च्याउखेतीका लागि गाउँका कृषकलाई पनि सीप हस्तान्तरण गर्ने गरेको छु,’ कृषक खत्रीले भनिन् । सामाजिक एवम् राजनीतिक रुपमा समेत सक्रिय रहेकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई थप विस्तार गर्ने योजना रहेको खत्रीको भनाई छ । बैदेशिक रोजगारीबाट फर्किएका श्रीमान भिमबहादुर केसीले समेत च्याउ र अन्य तरकारी खेतीको उत्पादन र बजारीकरणमा समेत सघाइरहेका छन् । ‘खेती गर्नलाई धेरै ठुलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रतिको जलजला गाउँपालिकामा आर्कषण बढेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए । ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अवका दिनमा च्याउ खेतीमा अनुदान समेत बढाउँछौँ,’ आचार्यले भने ।
गाउँपालिका भित्र विगतमा घरायसी प्रयोजनका लागि च्याउ खेती गर्ने कृषकले पछिल्लो समय तालिम सहित विभिन्न सुविधा पाएपछि व्यावसायिक आम्दानी गर्ने गरेका छन् । च्याउका पारकीको संख्या बढेसँगै कतिपयले घरबाटै बिक्री गर्ने गर्छन । च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो ।
च्याउमा तरकारी तथा मासुमा पाईने सबै प्रकारका प्रोटिन तत्वहरु पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाहरुका लागि अति उपयोगी छ । च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ । रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डी प्राप्त हुन्छ भने निकै कममात्रामा कार्बोहाइड्रेड हुन्छ । नियमित रुपमा च्याउ खानाले उच्च रक्तचाप, सुगर आदिको नियन्त्रण गर्न मद्दत पुग्दछ भने तौल घटाउन पनि उपयोगी मानिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->