बागलुङ/ढोरपाटन दैनिक शनिबारदेखि २२ औं वर्षमा प्रबेश गरेको छ । २०६० साल भदौ १ गतेदेखि प्रकाशन सुरु गरेको पत्रिकाले मंगलबार आफ्नो २२ औं वार्षिकोत्सव मनाएको हो ।
हरेक वर्ष फरक फरक विषयमा विशेषांक प्रकाशन गर्दै आएको पत्रिकाले यसवर्ष ‘दैलोको सिंहदरबार’ वार्षिकोत्सव विशेषांक प्रकाशन गरेको छ । ३६ पेजको रंगिन अंकमा पत्रिकाले स्थानीय तहमा भएका असल अभ्यास, समावेशिता, समृद्धिका गाथा, खाली हुँदै गरेका गाउँका कथा लगायतका सामाग्री समावेश गरिएको सम्पादक हरिनारायण गौतमले बताए ।
पत्रिकाले केही वर्ष पहिलेदेखि क्षेत्र विस्तार गरेर गण्डकी प्रदेशको राजधानी पोखारा र बागलुङ बजार दुवै स्थानबाट प्रकाशन गर्दै आएको छ । वितरणका हिसाबले ढोरपाटन गण्डकी प्रदेशको सबैभन्दा धेरै बिक्री हुने पत्रिका हो । अनलाइन संस्करणसमेत निरन्तर रहेको पत्रिकामा सम्पादन, समाचार लेखन, वितरण, बजार व्यवस्थापन र प्रशासनमा गरि ४६ जना श्रमजीवि पत्रकार कार्यरत छन् ।





