शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखराका मेयर धनराज आचार्य : जो चुपचाप काम गरिरहेछन्

पोखराका मेयर धनराज आचार्य : जो चुपचाप काम गरिरहेछन्

नवप्रवर्तन र रोजगारी सिर्जनामा नयाँ तथा परिणाममुखी काम भएका छन् ।


  • ढोरपाटन डेक्स
  • भाद्र ३ २०८१, सोमबार

२०७९ को चुनावमा पाँचदलीय गठबन्धनबाट उम्मेदवारी दिँदै गर्दा पोखराका मेयर धनराज आचार्यले ‘समुन्नत पोखराको आधार ः सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नारा अघि सारेका थिए
घोषणापत्रमा ६ महिनाभित्र ‘स्कूल टु वर्क’ अर्थात् पढ्दै कमाउँदै, सोही अवधिभित्र परियोजना धितोमा युवाहरुलाई १० लाखसम्म ऋण उपलब्ध गराउनेलगायतका वाचाहरु रहेका थिए ।
घोषणापत्रमा भनिएको थियो, ‘पहिलो ६ महिनामा ३ हजार रोजगारी थप गर्ने योजनाका साथ प्लस टु तहको अध्ययन सकाएका यस क्षेत्रका युवालाई भाषा, होटल म्यानेजमेण्ट, मोबाईल मर्मत, कृषि स्रोत व्यक्ति, जडिवुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रीसियन, भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजाइएन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटरजस्ता सीपसँगै रोजगारी र उद्यमशिलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिने छ ।’
यी र यस्तै नारासहित चुनावी मैदानमा होमिएका धनराजलाई जनताले पत्याए । २०७९ साल जेठ १२ गते उनले पदभार सम्हाले । अहिले उनी बाचा अनुसार काम नगरेको आरोप खेप्दैछन् । पूर्वाधार र अन्य महत्वाकांक्षी परियोजना पक्कै पूुरा भएका छैनन् तर रोजगारी सिर्जना र व्यवसाय प्रवद्र्धनको क्षेत्रमा भने हल्ला बिना नै केही काम भएका छन् ।
मेयर धनराज आचार्यले कार्यकाल सम्हालेको सय दिनको उपलक्ष्यमा नवउद्यमको विकासका निम्ति व्यवसाय प्रवद्र्धन केन्द्र( बीपीसी) को स्थापना गरिएको थियो । सरकार र निजी क्षेत्रको साझेदारीमा संचालित परियोजनाअन्तर्गत व्यावसायिक वातवारण निर्माण, नव प्रवर्तन, स्वरोजगार सिर्जनाका निम्ति युवा, महिला, विद्यार्थीहरुलाई आवश्यक परामर्श, तालिम र बीउपूँजी उपलब्ध गराउँदै आएको छ ।
बीपीसीका प्रमुख कार्यकारी निर्देशक नवराज अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्र स्वरोजगारका निम्ति बाजा बजाउनेदेखि मोटरसाइकल र हाते ट्रयाक्टर मर्मत, सैलुन, बारिष्टा, मिठाइ बनाउनेदेखि पशु सेवा सहायकलगायत दर्जनौँ तालिम संचालन गरेको छ ।
‘हामीकहाँ तालिमको लागि तामिम हुँदैन, परिणामुखी काम गरिन्छ’ उनले भने, ‘तालिम लिएकामध्ये ३८ प्रतिशत रोजगार र स्वरोजगार भएका छन् भने २२ प्रतिशत चाहिँ वैदेशिक रोजगारमा गएको तथ्याङ्क प्राप्त भएको छ ।’
युवाहरु स्वदेशमै बसून् भन्ने ध्येयले बीपीसीले आइडिया मार्टको आयोजना गरेको र त्यहाँ उत्कृष्ट योजना प्र्रस्तुत गर्ने ४ समूहलाई पुरस्कारसहित परियोजना संचालनमा सघाएको पनि उनले बताए ।
महानगरले रोजगारदाता र रोजगार चाहनेहरुलाई एकैथलोमा भेट गराउन रोजगार तथा वृत्ति मेलाको आयोजना गरेको सन्दर्भ जोड्दै उनले भने, ‘सो मेलामा १८ सयभन्दा बढी रोजगारीका अवसर बास्केटमा राखिएकोमा ४ सयभन्दा बढीले रोजगारी पाएका छन् ।’
मेयरकै भाषा सापट लिने हो भने व्यवसाय प्रवद्र्धन केन्द्रको अवधारणा देशकै पहिलो हो । ‘परिणामुखी काम भएका छन्, हामी हल्ला हैन, तथ्यमा विश्वास गर्छौँ । स्वरोजगार सिर्जना र आर्थिक समुन्नतिका निम्ति गरिएका प्रयासहरु देशकै नमूना हुन्’ उनले भने, ‘स्थानीय उत्पादन प्रवद्र्धनदेखि नवप्रवर्तनसम्मका यी काम हामीले चुपचाप गर्दै आएका छौँ र गर्दै जाने छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->