शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङस्थित  इलाका प्रहरी कार्यालय मुक्तिनाथकाे नवनिर्मित भवनकाे मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

मुस्ताङस्थित  इलाका प्रहरी कार्यालय मुक्तिनाथकाे नवनिर्मित भवनकाे मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८१, बुधबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मिचत कार्यालय/ब्यारेक भवनको आज उद्घाटन गरेका छन । कार्यालयको नाममा रहेको ६ रोपनी ४ आना जग्गामा गण्डकी प्रदेश सरकारको मुल्य अभिबृद्धि करसहित ३ करोड ६० लाख ५२ हजार ८८ रुपैयाँ बजेटमा भवन निर्माण भएको हो ।

भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले मुक्तिनाथ आउने पर्यटक र स्थानीयको शान्ति सुरक्षामा सेवा गर्न प्रहरीलाई सहज हुने बताए । समाजमा शान्ति सुरक्षा कायम राख्न र कानुनी राज्यको अनुभूति दिलाउन स्थानीय नागरिकको पनि महत्वपूर्ण भूमिका हुने उनको भनाई थियो । ‘संविधान  नुसार कानुन नबन्दा प्रहरी समायोजन हुन सकेको छैन’ मुख्यमन्त्री पाण्डेले भने, ‘समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवस्यकता र अपेक्षा अनुसार प्रहरीलाई सबै सहयोग गर्न सकिएको छैन ।’  प्रदेशको शान्ति सुरक्षाका लागि सरकारले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उद्धार सामाग्री, यन्त्र, उपकरण, क्षमता बिकासका कार्यक्रममा सिमित स्रोतसाधनका बीच प्रदेश सरकारले निरनतर सहयोग गर्दै आएको पाण्डेले उक्त अवसरमा बताए ।

स्थानीय स्तरमा भौतिक पूर्वाधारहरुमा आत्मनिर्भर हुदै जनस्तरमा सपर्पित एवं गुणस्तरीय सेवा दिने नेपाल प्रहरीको उद्देश्य अनुसार आफ्नै व्यवस्थित भौतिक पूर्वाधारहरु निर्माण गर्दै लैजाने लक्ष्य अनुरुप नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार महाशाखाबाट यस इलाका प्रहरी कार्यालयको गुरुयोजना तयार गरिएको थियो । सोही गूरुयोजना अनुसार कार्यालय, ब्यारेक भवन, भान्छाघर र शौचालय निर्माण गरिएको हो । अमित बिल्डर्स थासाङ ३ मुस्ताङ र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबीच २०७७ साल चैत २५ मा निर्माण सम्झौता भएको थियो ।

कार्यालय तथा ब्यारेक भवनको भुइ तलामा कार्यालय प्रयोजनका निमित्त ५ कोठा, शौचालय सुविधासहितको पुरुष र महिला हिरासत कक्ष छन । पहिलो तलामा महिला प्रहरीका लागि एट्याच शौचालय सुविधासहितको छुट्टै प्रवेश बिन्दु र भर्याङ प्रयोग गर्न मिल्ने गरी महिलामैत्री ब्यारेक र पुरुष जुनियर प्रहरी अधिकृत, हवल्दार र जवानको व्यारेकको व्यवस्थापन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा इन्चार्ज आवास, संचार शाखाको लागि कार्यालय तथा ब्यारेक सहितको व्यवस्थापन गरिएको छ । नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको प्रवेश बिन्दुमा र्याम्पको व्यवस्था गरी केही हदसम्म फरक क्षमता व्यक्तिमैत्री समेत बनाइएको छ । निर्माणका क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट प्राविधिक प्रहरी अधिकृतले प्राविधिक रेखदेख गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->