बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निबन्ध लेखनमा गणेश माविका सदिक्षा सुनार प्रथम

निबन्ध लेखनमा गणेश माविका सदिक्षा सुनार प्रथम


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८१, शुक्रबार

बागलुङ/१७ औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा नारायणस्थानस्थित गणेश माविका छात्रा सदिक्षा सुनार प्रथम भएकी छन् । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषयमा शुक्रबार पुस्तकालयमा भएको प्रतियोगितामा कक्षा नौमा अध्ययनरत छात्रा सुनार प्रथम हुन सफल भएकी हुन् ।
प्रतियोगितामा न्यू ओयसिस एकेडेमकीका छात्रा दृष्टि भण्डारीले द्वितिय स्थान हाँसिल गरेको पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार फ्यूचर ब्राइटर माविका विशाल परियारले तृतिय र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रमिशा केसीले सान्त्वना स्थान प्राप्त गरेका छन् । २२ विद्यालयका ३८ छात्र÷छात्राले भाग लिएको प्रतियोगिताको निर्णायकमा धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेय र साहित्यकार धनराज सापकोटा ‘जिज्ञासू’ रहेका थिए ।
प्रतियोगिताका विजेतालाई पुस्तकालयमा स्थापित गङ्गाप्रसाद स्मृति कोषबाट क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने पुस्तकालयले जनाएको छ । शनिबार आयोजना हुने पुस्तकालय दिवसको मूल समारोहमा विजेता विद्यार्थीलाई पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->