बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविशिरोमणि लेखनाथ जन्मस्थानमा पूर्णकदको शालिक

कविशिरोमणि लेखनाथ जन्मस्थानमा पूर्णकदको शालिक


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८१, आइतबार

पोखरा/कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलोमा उनको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली साहित्यका अमर व्यक्ति पौड्यालको घरमा शालिक स्थापनासँगै स्मृति पार्कसमेत स्थापना गरिएको हो ।
शालिक अनावरणपश्चात बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पौडेयाल नेपाली साहित्यका महान सर्जक भएको र उनलाई विर्सनै नसकिने बताए । महानगरले साहित्यका स्रष्टाहरुलाई कहिल्यै विर्सन नसक्ने र उनीहरुको सदावहार सम्मान गर्ने बताए । पौड्याल नेपालीभाषीमाझ स्वदेशमा मात्र नभइ विदेशमा समेत प्रख्यात रहेका छन् । कवि प्रकृति, मानव जीवन समाज र कलाको माधुर्यलाई कवितामार्फत् प्रस्तुत गर्न सक्ने खुवी हुनुका साथै मृत्युका विषयमा पनि दार्शनिक कविता कोर्ने, प्रकृतिको चित्रण र मनमोहक वर्णन गर्ने क्षमता भएकाले पर्यटन साहित्यको राजधानीरुपमा विकास गर्न सबै एकजुट हुन आवश्यक रहेको बताए । ‘पर्यटनको राजधानी पोखरा’ लाई साहित्यको राजधानीको रुपमा विकास गर्नुपर्ने उनकोे भनाइ थियो ।
पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले साहित्यको सम्मानमा पूर्णकदको सालिक राख्नु सकरात्मक पक्ष रहेको बताउँदै ऐतिहासिक स्थलको संरक्षण र प्रवद्र्धनमा सबैले हातेमाले गर्नुपर्ने बताए ।
पोखरा २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले कविशिरोमणि पौड्याल आधुनिक युगको जन्मदाता तथा मानवतावादी कविका रुपमा नेपाली साहित्यमा चिनिने गरेको बताए । उनको जन्मस्थल पोखरा २७, लेखनाथ अर्घौ अर्चलेलाई साहित्यस्थलरुपमा विकास गर्न सकिने उनले बताए । पोखरा महानगरपालिकाको करिब ५७ लाख ७७ हजार लागत तथा पश्चिम पृताना हेडक्वार्टरको श्रमदानमा पौड्यालको पूर्णकदको सालिक तथा स्मृति पार्क निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->