बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पुराना एमाले नेतालाई उद्योग, पर्यटन मन्त्रालयकाे जिम्मा

पुराना एमाले नेतालाई उद्योग, पर्यटन मन्त्रालयकाे जिम्मा


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८१, सोमबार

पोखरा /पर्वतको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेश सभामा निर्वाचित मित्रलाल बस्याललाई नेकपा एमालेले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारीमा पठाएको छ । उनले आजै पद तथा गोपनियताको सपथ लिए ।

२०१४ भदौ ५ गते पर्वत जिल्लाको साविक हुवास गाविस र हालको पैयूँ गाउँपालिका वडा नं. ५ मा जन्मिएका बस्यालले २०३५ सालमा वडा सदस्यमा निर्वाचित भएसंगै राजनीतिक यात्रा को सुरु गरेका हुन । २०३६ सालमा बहुदलको पक्षमा लागेपछि पंचायतले वडा सदस्य पद निलम्बन गरेको थियो । उनी २०४३ सालमा जनपक्षिय प्रधानपञ्च भए । २०४७ सालमा नेकपा एमाले पार्टीको सदस्य भए भने २०४९ मा गाविस अध्यक्ष निर्वाचित भए । सोही वर्ष एमाले जिल्ला कमिटी सदस्य र २०५४ को स्थानीय निर्वाचनमा जिल्ला बिकास समिति सदस्य बने ।

२०६२ सालमा नेकपा एमाले क्षेत्रीय कमिटि अध्यक्ष भएका बस्याल जिल्ला कमिटिमा लामो समय सम्म आबद्व रहे । २०६३ सालमा सामुदायिक विद्युतीकरण उपभोक्ता महासंघ पर्वतको अध्यक्ष भएर विशेष गरी दक्षिणी पर्वतलाई उज्यालो बनाउने अभियानका नेतृत्वकर्ता बने । २०७४ सालमा किसान महासंघको केन्द्रिय सदस्य भएका बस्याल २०७४ सालको स्थानीय तहको चुनवामा पैंयूँ गाउँपालिका अध्यक्षको उम्मेदवार भए । २०७८ सालमा एमाले गण्डकी प्रदेश कमिटि सदस्य हुँदै सचिवालय सदस्य बनेका उनी हाल किसान महासंघको केन्द्रिय लेखा आयोगको उपाध्यक्ष छन ।

२०८० मा एमाले प्रदेश कमिटि सचिवालयमा निर्वाचित बस्याल विभिन्न समयमा भएको आन्दोलनमा पटक पटक हिरासतमा बसेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->