तस्बिर : दिनेश जिसी
बागलुङ/कला, साहित्य, संगीत र सामाजिक क्षेत्रका आठ व्यक्तित्व सम्मानित भएका छन् । मोती जयन्तीको अवसरमा सार्थक प्रकाशन बागलुङले उनीहरुलाई सम्मान गरेको हो ।
सार्थक प्रकाशनले २०८० सालको ‘मोती सार्थक सम्मान’ बागलुङका समाजसेवी देबबहादुर श्रेष्ठ र पुर्व संघिय साँसद तथा महिला नेतृ मनकुमारी केसी जिसीलाई प्रदान गरेको हो ।
यस्तै धवल कला मन्दिरका तर्फबाट चार कलाकार सम्मानित भए । धवल मोती सम्मान २०८० बागलुङका गायक शुभराम भारी र मृदङ्गाबादक अजयप्रसाद श्रेष्ठ तथा २०८१ सम्मान साँस्कृतिक क्षेत्रमा क्रियाशिल युवराज राजभण्डारी र गायक सुदर्शन शाक्यलाई प्रदान गरियो । सोही अवसरमा स्मृति प्रकाशन बागलुङले दुई युवा स्रष्टालाई ‘स्मृति युवा सम्मान’ प्रदान गरेको छ । २०८० को सम्मान बागलुङका पत्रकार मुकेशचन्द्र राजभण्डारी र यसवर्षको सम्मान काठेखोला गाउँपालिका बिहुँका कोपीला कँडेललाई प्रदान गरिएको हो । राजभण्डारी र कँडेल कला, साहित्य र पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।
सम्मानित सबैलाई धौलागिरि साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजीरोशन र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी प्रयासले सम्मान गरेका थिए ।





