पोखरा / पर्वतको जलजला गाउँपालिका-७ धाइरिङबाट विरामी बोकेर पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । दिउँसो करिब ३ बजेको समयमा कुश्मा नगरपालिका-२ अमोदी घुम्ती कुश्मा-बागलुङ सडक खण्डमा बससँग ठोक्किदा एम्बुलेन्समा सवार तीन जना घाइते भएका छन् ।
ग १ झ ९९५ नम्बरको एम्बुलेन्स र नारायणगढ बाट वागलुङ आउँदै गरेको बग्मती प्रदेश ०६–००१ ख ०३०० नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले बताएको छ । एम्बुलेन्समा सवार कुश्मा नगरपालिका-१ की केशरी अधिकारी, गीता खत्री र भगवती खत्री घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । ‘एकजनाको अवस्था अलि सिरियस छ, २ जनाको अवस्था सामान्य छ’, उनले भने ।
(तस्वीर: जमुना शर्मा वर्षा )





