बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जुद्ध शमशेरका नाममा कविता सङ्ग्रह लोकार्पण

जुद्ध शमशेरका नाममा कविता सङ्ग्रह लोकार्पण


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८१, आइतबार

पोखरा/कवि चैतन्य अधिकारीले कविता सङ्ग्रह जुद्ध शमशेरका नाममा ल्याएकाछन् । जुद्ध शमशेरका नाममा कविता सङ्ग्रह शनिबार पोखरामा लोकार्पण भएको छ ।
साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे । कवि चैतन्य अधिकारीले एक दसक पछि आफ्नो कविताको दोस्रो कृति ल्याएका हुन् । यसभन्दा अघि उनको झरीको किनार कविता सङ्ग्रह प्रकाशित छ ।
कविता सङ्ग्रह लोकार्पणपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकदेखि कविका रुपमा चैतन्य सुनेको स्मरण गरे । साहित्यकार सरुभक्तले कवि अधिकारी समकालीन पोखरेली कविताका एक उदयीमान र प्रतिभासम्पन्न कवि भएको बताए ।
गहन काव्यचेत, कोमल शब्दावली,हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनु उनको खुबि भएको बताए । समग्रमा उज्यालो अँध्यारोको दार्शनिक दोछायाँमा कविताले चैतन्यको यात्रा थालेको र यो कवितायात्रा आफ्नै निजत्वले अगाडि बढेको बताए ।
तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनु पर्ने बताए । कवितामा तान र बान मिलेको हुनुपर्ने बताए । कविताको कुनै आकार नहुने भन्दै कवि चैतन्यका कवितामा पनि आकारको बन्देज नभएको बताए ।
सर्वप्रिय साहित्यिक विधा कविता कविकर्म हो । तथापि सहजकर्म भने हुँदै होइन । कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो । कविताको प्रभावकारिता कुनै मापन प्रणालीले मापन गर्न सक्दैन । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा पस्कन सक्ने कविका रुपमा कवि अधिकारीलाई तुलना गरे ।
कविता के हो ? किन लेखिन्छ र कविताले के दिन्छ ? भन्ने प्रश्नको उत्तर नभए पनि आँफुबाँचेको आभाष दिन पनि कविता लेख्छु भन्ने राय राखे । सूत्रमा लेखिन्छ भन्ने अभिव्यक्ती सुन्दै आए पनि आँफु अचेल छोटा कवितामा रमाउन थालेको बताए ।
शेखर पाराजुलीले स्रष्टा चिनारी राख्दै कवि चैतन्यलाई एकै पटक तीन वटा डुंगामा खुट्ठा राख्नसक्ने खुवी भएको जिकिर गरे । कृति समीक्षागर्दै कवि समालोचक सन्जीब पौडेलले चैतन्यलाई समसामयिक विषय चेतमा कलम चलाउन र आँफु छद्म रहेर समाजमा बिद्रोह गर्न कवितानै पढ्न उक्साउने स्रष्टाका रुपमा पाएको बताए ।
कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संस्थाका पूर्व अध्यक्ष कवि एवम् उपन्यासकार सरस्वती प्रतीक्षा, कौशल चन्द्र जिसी.,रीता अधिकारी ऋतु, शिव त्रिपाठी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->