बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जलजलाकी गंगाको उपचारमा आर्थिक अभाव

जलजलाकी गंगाको उपचारमा आर्थिक अभाव


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८१, आइतबार

बागलुङ/पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङकी ५५ वर्षिया गंगा दमाईले उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गरेकी छन् । उनले हाल विपी कोइराला क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।
तल्लो पेट फुल्ने, दुख्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या भएपछि पोखरा पश्चिमाञ्चल अस्पतालमा चेकजाँचपछि अस्पतालले पाठेघरको क्यान्सरको शंका गरेर विपी कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा रिफर गरेको थियो ।
बिरामीको अवस्था चिन्ताजनक नभएको भन्दै अस्पतालले भर्ना लिन नमानेपछि बिरामीको परिवारले बाहिर बसेर चेकजाँच गर्दै आएका थिए । अचानक गाह्रो भएपछि बिरामीलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । नियमित उपचार हुँदै गएपछि क्यान्सर भएको प्रमाणित भएको थियो । उपचार गर्न ठूलो रकम लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण परिवारले सहयोगको अपिल गरेको हो ।
श्रीमान बिरामी भएको पनि धेरै दिन नभएको बताउँदै उनले परिवारमा यति ठूलो ब्रजपात भएको भन्दै सहयोग अपिल गरिन् । छोरी अनिता बोर्डिङमा पढाएर परिवारको जोहो गर्दे आएकी छन् । छोरा खर्च जुटाउन छिमेकी मुलुक भारत गएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->