मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सडक विस्तार गर्न क्षतिपूर्ति दिएर घरटहरा भत्काउन सुरु

सडक विस्तार गर्न क्षतिपूर्ति दिएर घरटहरा भत्काउन सुरु

मालढुंगा–बेनी सडकका घरटहराबापतको क्षतिपूर्ति रकम वितरण सुरु, क्षतिपूर्तिबापत ७९ लाख ७३ हजार खर्च हुने।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८१, आइतबार
कालीगण्डकी किनारामा अवस्थित मालढुंगा बजार । तस्वीरःढोरपाटन

पर्वत / म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकका घरटहराबापतको क्षतिपूर्ति रकम वितरण सुरु भएको छ । १३ किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो । मालढुंगा–बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईँले ११ मिटर फराकिलो सडक बनाउन ६३ वटा घरटहराका धनीलाई क्षतिपूर्ति वितरण सुरु भएको जानकारी दिए ।

जलजला गाउँपालिकाको ८, ७ र ४ नम्बर वडाको फर्से, लस्ती, केराबारी, मिलनचोक, मोहनचोक, लामाखेत क्षेत्रको घरटहरा भत्काउन लागिएको हो । क्षतिपूर्तिबापत ७९ लाख ७३ हजार राज्यकोषबाट खर्च हुने उनले जानकारी दिए । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ । कालोपत्र गर्न ५२ करोड ८६ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

सडक फराकिलो, वर्षाको पानी निकासको व्यवस्थाका साथै र पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छभने मालढुंगाबाट फर्सेसम्मको पाँच किलोमिटर खण्ड कालोपत्र गर्न ‘सबबेस’ बिछ्याएको छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा ‘कल्भर्ट’ निर्माण गरिएको छ । फर्सेबाट लामाखेत खण्डमा बाटो चौडा गर्ने, नाली र पर्खाल निर्माणको काम भइरहेको छ ।

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुंगा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->