बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बलात्कार मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

बलात्कार मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८१, बुधबार

पर्वत/जबरजस्ती करणीको मुद्दामा १३ वर्ष जेल सजायको फैसला सुनाइएका पर्वतका एक जना फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राम प्रसाद सापकोटाका अनुसार जिल्लको पैयुँ गाउँपालिका–२ का सर्वजित सुनारको ५८ वर्षीय भिमबहादुर बि.क. भनिने भीम बहादुर सुनारलाई पक्राउ गरिएको हो ।
पर्वत जिल्ला अदालतको २०६३ सालको चैत २१ गते जबरजस्ती करणी मुद्दाबारे फैसला सुनाउँदै १३ वर्ष कैद सजाय सुनाएको थियो । तर प्रतिवादी भिमबहादुर भने फरार रहँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्वत तथा मातहतका प्रहरी इकाई र इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्दा गत असोज छ गते उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारेको हो ।
उनलाई पक्राउ पर्दाको भोलिपल्टै नै असोज सात गते आवश्यक कारबाहीको लागि पर्वत जिल्ला अदालतमा उपस्थित गराइएकोमा सोही दिन नै अदालतले सजाय कार्यान्वयनको लागि कारागार चलान गर्ने आदेश अनुसार कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->