बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पदाधिकारीबाट दुर्व्यवहार भएपछि पर्वतको जलजला गाउँपालिकाले रोक्यो सेवा

पदाधिकारीबाट दुर्व्यवहार भएपछि पर्वतको जलजला गाउँपालिकाले रोक्यो सेवा


  • संजय रेग्मी
  • असोज १६ २०८१, बुधबार

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण नभएको भन्दै सेवा प्रवाह स्थगित गरेको छ ।
मङ्गलवार कार्यालय समयमा जिम्मेवार पदाधिकारीहरूले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी उनको ‘नेम प्लेट’ तथा कार्यालयका सूचना अधिकारीको ‘बोर्ड’ निकालेर कार्यालय बाहिर फाल्ने, अमर्यादित तथा धम्कीपूर्ण शब्दहरूको प्रयोग गरी तथानाम गाली गलौच गरेको गाउँपालिकाले बताएको छ ।
प्रमुख प्रशासकीय अधिकृत आचार्यद्वारा जारी गरिएको सूचनामा कार्यालयका अन्य शाखाहरूमा कार्यरत कर्मचारीहरूलाई समेत धम्क्याउने, अनुशासनहीन व्यवहार देखाउने लगायतका काम भएको भनिएको छ । कार्यालयमा रहेर काम गर्ने उचित वातावरण नभएको तथा यसबारे गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यसमक्ष ज्ञापन पत्र समेत पेस गरिएको प्रशासकीय अधिकृत आचार्यले बताएका छन् । कार्यालयमा सहज रूपमा काम गर्ने वातावरण तयार नहुँदा सम्म गाउँपालिकाबाट हुने सम्पूर्ण सेवाहरू प्रवाह गर्न नसकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->