बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कुश्मा बजारमा ब्रोइलरको मासुमा बिक्रेताको मनपरी मूल्य, किलोमा ८० रुपैयाँसम्मको फरक

कुश्मा बजारमा ब्रोइलरको मासुमा बिक्रेताको मनपरी मूल्य, किलोमा ८० रुपैयाँसम्मको फरक


  • संजय रेग्मी
  • असोज २० २०८१, आइतबार

पर्वत/जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको फ्रेस हाउसहरुले ब्रोइलर कुखुराको तयारी मासुको मूल्य आ–आफ्नै तरीकाले मनलाग्दी रूपमा निर्धारण गरेको पाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा चाडबाड लक्षित अनुगमनको क्रममा एक किलोग्राम मासुमा नजिकै रहेका फरक फरक पसलहरूमा ८० रुपैयाँसम्म तलमाथि रहेको भेटिएको छ । धनेश्वर चोकमा रहेको एउटा फ्रेस हाउसले ब्रोइलर कुखुराको तयारी मासु प्रतिकिलो तीन सय ६० रुपैयाँका दरले बेचिरहेको छ । उक्त पसलको केही पाइला टाढा रहेको अर्को फ्रेस हाउसले चार सय रुपैयाँ किलोमा बेच्दा त्यहाँबाट केही टाढा रहेको बडागाउँमा प्रतिकिलो चार सय ४० रुपैयाँसम्म बिक्री भइरहेको पाईएको छ ।
शनिवार ब्रोइलर कुखुराको वध गरेर मासु तयार पार्ने डिलरहरूमा गरिएको अनुगमनको क्रममा प्रतिकिलो तीन सय २०/३० रुपैयाँसम्म खुद्रा पसलेहरूलाई थोक मूल्यमा दिने गरेको बताएका थिए । तर खुद्रा पसलेहरूले भने एक किलो मासुमा नै एक सय १० रुपैयाँसम्म मुनाफा राखेर बिक्री गरेको पाइएको छ । अनुगमनमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल हरेक पसलमा जाँदा पसल अनुसार प्रति किलो तीन सय ६०, तीन सय ८०, चार सय, चार सय २० र चार सय ४० रुपैयाँको मूल्यमा मासु बिक्री गरेको पाइएको बताए ।
यसरी आफूखुसी मूल्य निर्धारण गर्दा यो विषय कालोबजारीतर्फ तानिने र पसलेहरूले सजाय स्वरूप महँगो जरिवाना अन्य सजायहरू पनि भोग्नुपर्ने स्थिति आउने बताए । खुद्रा पसलमा मासु आपूर्ति गर्ने डिलरहरूको संख्या धेरै भएको अवस्थामा तथा माग र आपूर्तिबिच तालमेल नमिल्दा डिलर अनुसार केही फरक हुन सक्ने भए पनि एक किलोग्राममा ८० रुपैयाँसम्म फरक हुनु नियतवश राखिएको मूल्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->