बागलुङ / साहित्यकार काजी रोशनले स्थापना गरेको काजी रोशन साहित्यकार पुरस्कार यसबर्ष लेखक सन्तोष श्रेष्ठलाई प्रदान गरिने भएको छ । ‘फरैना’ उपन्यासका लेखक दाङ घोराहीका सन्तोष श्रेष्ठलाई उक्त पुरस्कार दिने निर्णय भएको संस्थापक अध्यक्ष काजी रोशनले बताए । पुरस्कार आगामी कात्तिक ७ गते कार्यक्रमका विच श्रेष्ठलाई प्रदान गरिने छ । पुरस्कारको राशी रु. २५ हजार नगद र सम्मान पत्र रहेको छ ।
यस्तै, हिम-मन्धरा स्मृति पुरस्कार कपिलबस्तुका लेखक हरिराज शर्मा ‘हरिश’लाई प्रदान गरिने छ । यो पुरस्कारको राशी नगद रु.१५ हजार र सम्मान पत्र रहेको छ । त्यसैगरी, बम-सरस्वती स्मृति पुरस्कार काठमाडौंका साहित्यकार गोविन्द प्रसाद घिमिरे ‘वेदमणी’लाई प्रदान गरिने निर्णय भएको छ । यो पुरस्कारको राशीमा पनि नगद रु.१५ हजार र सम्मान पत्र रहेको छ ।
सोही कार्यक्रममा साहित्यकार एवं कलाकार विराटनगरका गंगा सुवेदीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम रहेको अध्यक्ष रोशनले बताए । सोही दिन नयाँ लेखकको कृति पनि विमोचन गर्ने कार्यक्रम रहेको छ ।




