बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हावाहुरीसहितको असीनापानीले धानबाली र तरकारी खेतीमा ठूलो क्षती

हावाहुरीसहितको असीनापानीले धानबाली र तरकारी खेतीमा ठूलो क्षती


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८१, सोमबार

पोखरा/ हावाहुरीसहित आएको असिनापानीले पर्वतको महाशीला गाउँपालिकाका केही वडाहरुमा थन्क्याउने बेलाको धानबाली र तरकारी खेतीमा ब्यापक क्षति पुराएको छ । महाशीला वडा ४ को पाखापानी, वडा ५ को लुंखुदेउराली र वडा ६ को फलामखानी क्षेत्रमा आइतबार अपरान्ह असिना पानी परेको थियो ।

स्थानीय मोहन पौडेलका अनुसार तरकारी खेती सबै थिलोथिलो पारेको छ । अनेरास्ववियु पर्वतका अध्यक्षसमेत रहेका पौडेलका अनुसार उनको आफ्नै १२ रोपनी जग्गामा प्याजको बेर्ना, काउली, बन्दा, केराउलगायत तरकारी खेती छ । तर आइतबारको असिनापानीले ती सबै नष्ट गरिदिएको उनले बताए । यसैगरी थन्क्याउने बेलाको धानसमेत असिनाले झारिदिदा किसान इन्तु न चिन्तु बनेका छन । कुनै कुनै खेतमा त ९५ प्रतिशतसम्म धान असिनाले झारिदिएको उनले बताए । ‘सिधै दाइँ राखेर पराल थन्काएमात्र हुने बनाएको छ । धानको बाला सबै झारिदिएको छ’ उनले भने, ‘नझरेको धान सबै ढलाइदिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->