बागलुङ / जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कवि नेत्र सुवेदी ‘प्रयास’ को कविता संग्रह सार्वजानिक भएको छ । सुवेदीको कविता संग्रह ‘प्रयासका कविता’ बुधवार बागलुङमा विमोचन भयो ।
धौलागिरि साहित्य प्रतिष्ठानले बुधवार आयोजना गरेको कार्यक्रममा ‘प्रयासका कविता’ कृतिको विमोचन साहित्यकार गंगा सुवेदी, धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन, रत्न–श्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक साहित्यकार प्रेम छोटा, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय, साहित्यकार सन्तोष श्रेष्ठ, साहित्यकार सिता श्रेष्ठ, महिला नेतृ मन केसीले संयुक्त रुपमा गरे ।
कविता संग्रहमाथि धौलागिरि बहुमुखी क्यारुम्पसका सहप्राध्यापक हरिप्रसाद गौतमले विवेचनात्मक टिप्पणी गरे । कार्यक्रममा धवलागिरि बहुमुखी कार्यक्रममा क्याम्पसका प्रमुख प्रा. डा. उपाध्याय, सहायक क्याम्पस प्रमुख उपप्राध्यापक हरिप्रसाद पाण्डेय, साहित्यकार श्रेष्ठ, गोविन्द प्रसाद घिमिरे, प्रेम छोटा, मन केसी, सरस्वती शर्मा ‘जिज्ञासु’ ले पुस्तक र लेखक प्रयासका वारेमा वताए । प्रजिअ एवं कवि नेत्र प्रसाद सुवेदी ‘प्रयास’ले आफ्नो कृतीका वारेमा मन्तव्य व्यक्त गरे ।
धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षतामा भएको सो कार्यक्रममा सदस्य धनराज सापकोटाले स्वागत र सचिव राम थापा ‘अविरल’ ले सञ्चालन गरेका थिए ।





