बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाली जहाँ पुुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ : प्रधानमन्त्री

नेपाली जहाँ पुुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ : प्रधानमन्त्री


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८१, शनिबार

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गरेका छन् ।

विश्व नेपाली साहित्य महासंघद्वारा शनिबार राजधानीमा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनमा प्रधानमन्त्री ओलीले साहित्य मनोरञ्जनका साथै समाजलाई जागृत गर्दै अग्रगमनको सन्देश दिने विधा भएकाले यसको महत्त्व अधिक रहेको बताए ।

देशको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलन सहयोगी हुने उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसहितका साहित्यकारलाई सम्मान पनि गरे । 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->