बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सृष्टिले पहिरिन् मिस पोखरा-२४ को ताज

सृष्टिले पहिरिन् मिस पोखरा-२४ को ताज


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८१, आइतबार

पोखरा / काजीपोखरीकी सृष्टि खड्काले मिस पोखरा-२०२४ को ताज हात पारेकी छिन् । पोखरा काजीपोखरीकी सृष्टिले ११ औं संस्करणको मिस पोखराको ताज पहिरिएकी हुन् । उनलाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन पहि¥याइदिएकी थिइन् । मिस पोखराको ताज पहिरिएसंगै उनले स्कुटर र नगद रु. ५० हजार पुरस्कार जितेकी छन् । उनले मिस नेपालमा समेत प्रतिनिधित्व गर्ने अवसर पाएकी थिईन् ।

रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप भइन् । उनीहरुले ताजसहित क्रमशः रु. ३० हजार र रु २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे । रेखाले वेष्ट इन्टेलेक्टको समेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् ।

पोखरा जेसीजले इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरालाई निरन्तरता दिएको हो । त्यसका लागि तीन चरणको अडिसन लिइएको थियो । देशभरबाट छानिएका प्रतिस्पर्धी उत्कृष्टलाई एक महिनासम्म विभिन्न तालिमपछि शनिबार पोखरा सभागृहमा ग्राण्ड फिनालेमा उतारिएको हो । जसमा १६ प्रतिस्पर्धी ¥याम्प उत्रिएका थिए ।

परिचय राउण्डदेखि नै दर्शकको मन जितेकी सृष्टिले महत्वपूर्ण सवटाइटलसमेत आफ्नै पोल्टामा पारेकी छन् । उनले भ्यूओर च्वाइस, पपुलारिटी र पर्सनालिटीको अवार्ड जितिन् ।

उत्कृष्ट ५ भित्र पर्न सफललाई मुख्य निर्णायक सुवर्ण क्षत्रीले २ मिनेटको समय दिएर ‘युवा नेता र वृद्ध नेता (अनुभवी) मध्ये तपाईंले कसलाई चुन्नुहुन्छ र, किन ?’ भनी प्रश्न सोधेका थिए । ५ भित्र परेका ईशा पराजुली र सिम्रन श्रेष्ठसमेतले लिखित जवाफ दिएका थिए । सबैजसो युवा नेता मन पर्छ भन्दै काठमाडौंका मेयर बालेन शाहको उदाहरण दिएका थिए । तीमध्ये सृष्टिको उत्तरले भने निर्णायकको मन जितेको होे ।

अन्य निर्णायकमा पूर्व सांसद एवं वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा.रामजी शर्मा थिए ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले क्षमता प्रस्फुटनमा यस प्रकारको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसबाट युवा नारीको आत्मबल बढ्ने बताए । विभिन्न तालिमबाट प्राप्त ज्ञानले भविष्यमा पुरुष समान काम गर्न सक्ने हिम्मत बढ्ने बताए ।

पोखरा जेसीज अध्यक्ष देवराज शर्माले युवा नारीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यो व्युटी पेजेन्टलाई निरन्तरता दिइएको बताए । कार्यक्रम सफल पार्न सघाउने सम्पूर्णमा उनले धन्यवाद दिए ।

कार्यक्रममा मिस नेपाल–२०२४ आश्माकुमारी केसी, नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष राजाराम गौतम, पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं मूल कार्यक्रम संयोजक श्रीकृष्ण सुनार, इभेन्ट फर युका अध्यक्ष विशाल गुरुङलगायत बोलेका थिए । कार्यक्रममा मिस नेपाल आयोजक हिडन टे«जरका डाइरेक्टर प्रमोद कंशाकारको पनि उपस्थिति थियो ।

रेड कार्पेटसहित करिब ५ घण्टा चलेको कार्यक्रमको संचालन पोखरा जेसीज महासचिव तिलकप्रसाद लामिछाने र उरुषा जोशीले गरेका थिए । कार्यक्रम हेर्न दर्शकको खचाखच उपस्थिति थियो ।

सन् १९७५ सालमा केशवलाल श्रेष्ठको अध्यक्षतामा स्थापना भएको पोखरा जेसीजले यसबाहेक विविध कार्यक्रम गरिरहेको छ । पहिलोपल्ट सन् १९९५ मा मिस पोखरा भएको थियो । कार्यक्रममा डाँफे हाउजिङ एण्ड रियल स्टेट प्रालिले टाइटल स्पोन्सर रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->