बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मध्यम वर्गलाई पछार्ने स्वाभिमानको कथा : सानो संसार

मध्यम वर्गलाई पछार्ने स्वाभिमानको कथा : सानो संसार


  • श्रीजु सरल
  • कार्तिक १३ २०८१, मंगलबार

दसैँको मुखमा प्रदर्शनमा आएको भए पनि देशभरका अधिकांश भूभागलाई प्रभावित तुल्याउने गरी भएको भारी वर्षा र त्यसले निम्त्याएका बाढीका कारण सिद्धार्थ पुडासैनी निर्देशित नयाँ नेपाली सिनेमा ‘सानो संसार’ले हलभित्र राखिसकेको पाइला पछाडि तान्नुपरेको थियो। त्यसो त बाढी र वर्षाका कारण सिनेमा प्रदर्शन मात्रै नभएर किताब विमोचन, साहित्यिक गोष्ठी लगायतका कार्यक्रमहरू पनि सरेका थिए।

यतिबेला भने तिहारको मुखमा ुसानो संसारु क्यूएफएक्स लगायत देशभरका अधिकांश सिनेमा हलहरूमा प्रदर्शनरत छ। पछिल्लो समय अर्गानिक नेपाली कथा भन्ने नाममा ग्रामीण भेगमा खिचिएका फिल्महरूको सङ्ख्या औँलामा गन्न नसकिने हुँदै आइरहेका छन्। तर, यस काइदाले नेपाली कथा भन्नासाथ गाउँले परिवेशमा खिचिएको फिल्म भन्ने गलत भाष्य निर्माण त नहोलारु भन्ने भय समेत सिर्जना गरेको थियो। खैर, गत वर्ष मोहन राई निर्देशित ‘महानगरु र यस वर्ष पुडासैनी निर्देशित’ सानो संसारु जस्ता सिनेमाले उक्त गलत भाष्यलाई चिर्दै ‘अर्गानिक नेपाली कथा’ सहरमै पनि भेटिन सक्छन् है भन्ने उदाहरण दिएका छन्।

सानो संसारले त्यसो त कुनै पनि स्टार अनुहारलाई नलिएरै सिनेमा हलमा आउने ठूलो साहस गरेको छ। आउनुस्, सानो संसारभित्र ठूला, साना, मझौला अरू केके कुरा छन् खोतलेर हेरौँ।

सबैभन्दा सुरुमा त यो फिल्म एउटा विशुद्ध नेपाली फिल्म बन्न सकेको छ। कारणरु मध्यम वर्गीय परिवारको कथा१ त्यस्तो परिवार जो भुइँमा पनि छैन तर, आकाशबाट तारा झार्ने हैसियत पनि राख्दैन। पक्कै पनि एउटा विकासोन्मुख राष्ट्रमा मध्यम वर्गीयहरूमाथि फिल्म बन्नु जति आम र विशुद्ध कुरा अरू के हुनसक्ला ?

मध्यम वर्ग सँगसँगै जोडिएर आउने एउटा अकाट्य विशेषता हो( महत्वाकांक्षा१ सानो संसारका अधिकांश पात्र महत्वाकांक्षी छन्। भुइँबाट माथि उठिसकेका उनीहरूको नजर आकाशतिर त हुने नै भइहाल्यो। उनीहरू जीवनमा केही ठूलो गर्न चाहन्छन् ताकि फेरि पनि भुइँमा पछारिन नपरोस्। आफूभन्दा माथि बसेकाहरूले गिज्याउने आँखाले नहेरुन्।

गिज्याउनेहरूको कुमसँग कुम ठोक्काउन पाइयोस्। अव्यक्त नै सही तर, छोरो एउटालाई छोडेर सानो संसारका हरेक पात्रहरूमा यस्तै एउटा महत्वाकांक्षा छ। जसको प्राप्ति भने असम्भवजस्तै नै देखिन्छ। किन ? कुनै खलपात्रका कारण र?

सानो संसारमा कुनै पनि पात्र ‘खलु छैनन्। सबै पात्र ‘ग्रेु देखिन्छन्। न निख्खर काला न त सफेद सेता नै। केही गुण त केही अवगुण हरेक पात्रमा भेटिन्छन्। जसरी यथार्थ जीवनतिर फर्केर हेर्दा आफै र आफ्नाहरूलाई हामी जसरी सही र गलतको दसगजामा देख्छौँ, यी सानो संसारका बाबुआमा, फुपू र छोरीहरू पनि उस्तै देखिन्छन्। बिलकुलै अर्गानिक१ आम१ तर, जब कोही नै खलपात्र छैन भने यिनलाई यिनको महत्वाकांक्षा प्राप्तिमा किन अवरोधरु मध्यम वर्गीयहरूको संघर्ष आखिर ‘को’ वा ‘के’ विरुद्धरु यो प्रश्नको जवाफ पनि सानो संसारले नै दिन्छ।

सानो संसारको खलपात्र भन्नु नै पात्रहरूले बोकेर हिँडिरहेको स्वाभिमान हो। हामी बाबु पात्रलाई हेरौँ। व्यापार उँधैउँधो बग्दो छ। गर्दनसम्म भास्सिने गरी ऋणमा चुर्लुम्म डुबेको छ। तर, घरका कुनै पनि सदस्यलाई ऊ आफ्नो बोझ बाँड्न चाहँदैन। सबै कुरा आफैले सल्टाऊँ( यथार्थ समस्यासँग लड्नुभन्दा पहिला उसलाई आफ्नै स्वाभिमानविरुद्ध संघर्ष गर्नु छ। जुन संघर्षको अन्त्य अनिश्चितप्राय छ।

जेठी छोरी सुजाता जो केही कारणवश बाबुलाई घृणा गर्छे। तर, मानसिकतामा ऊ बाबुभन्दा बिलकुल भिन्न छैन। ऊ पनि आफ्नो समस्यासँग लड्ने अमूल्य समय आफ्नै स्वाभिमानसँग लड्नमा खेर फालिरहिछ। कान्छी छोरी सारा केही लचिली त देखिन्छे। आखिर, उसको सपना पनि त अलि अग्लै देखिन्छ। तर, एउटा बिन्दुमा पुगेर उसको पनि स्वाभिमान जाम परिदिन्छ र अभिमान बनिदिन्छ। जड स्वाभिमान र अभिमानबीच आखिर ठूलो दूरीको अन्तर पनि त नहुँदोरहेछ।

सानो संसारले यी पात्रहरूको माध्यमबाट चित्रण गरेजस्तै मध्यम वर्गीयहरूले कतै सुमसुम्याउँदा सुमसुम्याउँदै आफूभित्रको स्वाभिमानलाई थाहै नपाई अभिमान बनाइसकेका त हुँदैनन्रु जसरी माया गर्ने नाममा बाबुआमाबाटै पुलपुल्याइन्छन् बच्चाहरू र टाउकोमा टेकाइन्छन्रु कतै आफैले सगर्व धाप दिई दिईकन हुर्काएको स्वाभिमानले मध्यम वर्गीयहरूलाई टाउकोमा टेकिरहेको त छैनरु

त्यो समस्या त्यति ठूलो पनि थिएन यदि बाबुले स्वाभिमानको भारी एकैछिन बिसाएर आफ्नी छोरीसँग दुस्ख बाँड्न सकेको भएरु अनि छोरीले पनि आफ्नो स्वाभिमानको गाँठो थोरै खुकुलो छोडिदिएर वर्षौंदेखि आफूलाई खाइरहेको पीडालाई बाबुआमाको अघिल्तिर खुलेर पोखिदिन सकेको भएरु दिदी र बहिनीबीच ुमु नभएर ुहामीु उभिन्थ्यो भनेरु

सानो संसारले देखाएजस्तै संयोग यथार्थमा सधैँ र सबैलाई नजुर्न सक्छ। अन गरेर छोडिएको क्यामराअघि पुगेर रुने संयोग सबै बाबुलाई नजुर्न सक्छ। त्यो रुवाइ असल ज्वाइँकै नजरमा सधैँ नपर्न सक्छ। अनि छोरीले सधैँ संवेदनीय स्थितिमै सत्य नदेख्न सक्छे। दिदीको मन पग्लिँदासम्म भाइ अस्पतालको शय्यामै नभेटिन सक्छ। सानो संसारका पात्रहरूले संयोग पर्खिएझैँ पर्खने गल्ती यथार्थका पात्रले नगरेकै निको हुँदो हो किरु फिल्मले दिने सन्देश पनि यही नै हो।

अर्गानिक र यथार्थपरक विषयवस्तु उठाएको हुँदाहुँदै पनि फिल्म कतिपय ठाउँमा नाटकीय नलाग्ला भन्न सकिँदैन। सिरिजको रूपमा लेखिएको कथाको फिल्मी रूपान्तरण चुनौतीपूर्ण त हुन्छ नै। यद्यपि, केही भाग बनेर रोकिएको सिरिजलाई टपक्क टिपेर क्लाइमेक्समा फिट गराउनुको साटो कमसेकम लक्ष्य गरिएको सिरिजको ९बन्न बाँकी भागलाई समेत समेटेर० पूर्ण कथालाई आधार बनाई फिल्मकै लागि भनेर पटकथा लेखिन्थ्यो त सानो संसारमा सानातिना कमजोरी पनि देखिँदैन थियो किरु सिरिजका रूपमा बन्न बाँकी भागलाई नसमेटिँदा क्लाइमेक्समा पुग्न फिल्मले थोरै हतार गरेजस्तो महसुस भइदिन्छ भने छोरो पात्र छायामा परेको देखिन्छ भने कान्छी छोरीको पात्रले पनि जेठी छोरीको पात्रले पाएजति स्पष्टता पाउन सकेको छैन।

यति हुँदाहुँदै पनि अभिनय र संवादमा भेटिने स्वाभाविकताले स्टार अनुहार वा स्थापित कलाकारको अभाव कतै पनि महसुस हुन नदिनु फिल्मको स्बैभन्दा सबल पक्ष हो। बाबुको भूमिकामा राज पंगेनी शर्मा र आमाको भूमिकामा सीता तिमल्सेनाले उदाहरणीय काम गरेका छन्। जेठी छोरी सुजाताको भूमिकामा अनु दाहालको काम मिहिन लाग्छ। एउटा संवेदनाबाट अर्को संवेदनामा अवतरण गर्दा दाहालको अनुहारमा झल्किने अभिव्यक्ति सुजाताले बोकेको मानसिकता र भोगेको मनोदशालाई पारदर्शी बनाउन सक्षम छ।

साराको भूमिकामा अञ्जसा रिजालको काम पनि उल्लेखनीय लाग्छ। छोटो भूमिकामा देखिए तापनि छोरो पात्र निर्वाह गरेका जीवन गौतमलाई दर्शकले हलबाट निस्किसक्दा पनि सम्झिरहनेछन्। शिशिर सिवाकोटीले ुअसल ज्वाइँुको भूमिका एउटा असल कलाकारले जसरी नै निर्वाह गरेका छन्।

पटकथा र पात्र लेखनमा केही कमीकमजोरी देखिनुका बाबजुद ‘सानो संसार’ ले एउटा मध्यम वर्गीय परिवार संयोग वा चमत्कारको पर्खाइमा ठूलो महत्वाकांक्षा र ठूलै स्वाभिमान बोकेर कसरी फेरि पनि भुइँमै पछारिने जोखिममा हुन्छ भन्ने कुरालाई स्पष्ट चित्रण गर्न सफल छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->