बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरला नाकामा अध्यागमन कार्यालय, गृहमन्त्रीले गरे उदघाटन

कोरला नाकामा अध्यागमन कार्यालय, गृहमन्त्रीले गरे उदघाटन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८१, बुधबार

पोखरा/ चीनसंगको सिमाना मुस्ताङको कोरला नाकामा निर्मित अध्यागमन कार्यालयको बुधवार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन । चीनतर्फ भव्य र आधुनिक प्रविधियुक्त अध्यागमन, भन्सार, क्वारेन्टाइन, प्रयाप्त सुरक्षा व्यवस्था, गोदाम, पार्किङ संचालनमा आउँदा नेपालतर्फ भने न्यूनतम पूर्वाधारविनै कार्यालयको उद्घाटन गरिएको हो ।

गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँमा बनेको प्रिफ्याव भवन र चीनले दिएका केही कन्टेनरलाई अध्यागमन कार्यालयको रुपमा संचालनमा ल्याइएको हो । प्रदेश सरकारको बजेटमा बनेको भवनमा ३ कोठा, एउटा हल, एक किचन, शौचालय र बाथरुम छन । चीनले दिएको ५ वटा कन्टेनरमा ९ वटा बेड र केही तिब्बतियन चुल्हो राखिएको छ । तर कार्यालयमा खानेपानीको व्यवस्था छैन । खानेपानी नभएको कार्यालयमा शौचालय र बाथरुममा पानीको व्यवस्था हुने कुरै भएन । विद्युत पुगेको छ, तर मिटरबक्स छैन ।आजको कार्यक्रमलाई मध्यनजर राख्दै लोमन्थाङ गाउँपालिकाले अस्थायीरुपमा मिटर बक्सको व्यवस्था मिलाएको थियो । विद्युत पनि ‘डीम’ आउने गरेको छ । सोलार सिस्टम जडान गरे पनि घाम लाग्न छाड्नसाथ विद्यूत आपूर्ति पनि बन्द हुन्छ । मोबाइलमा फोरजी सेवा उपलब्ध भए पनि वाइफाईको व्यवस्था छैन ।

कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटनका लागि पुगेका गृहमन्त्री रमेश लेखकलाई स्वागत गर्दै स्थानीय । पृष्ठभूमीमा चीनले बनाएकाे पूर्वाधार

यसैगरी सार्वजनिक शौचालय नभएको स्थानीय छोसेर निवासी टसी गुरुङले बताए । चीनले बनाइदिएको पुरुष र महिलाले शौच गर्न मिल्ने शौचालय पनि पानी अभावमा अलपत्र जस्तै बनेको छ । सुरक्षाकर्मी बस्नका लागि चीनले एउटा कन्टेनर दिएको छ । त्यसमा पनि यी सुविधा छैनन् ।

बुधवार उद्घाटन गरिएको कोरला नाकास्थित अध्यागमन कार्यालय

पछिल्लो समय देशका विभिन्न स्थानबाट कोरला नाका हेर्न भन्दै दैनिक हजारौ मानिस त्यहाँ पुग्ने गर्छन । ४६ सय मिटर उचाईको स्थानमा रहेको कोरलामा मौसम अत्याधिक चिसो छ । बेलाबेलामा मौसम परिवर्तन भइरहन्छ । तर त्यहाँ एउटा विश्रामस्थल वा प्रतिक्षालय पनि छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->