मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

काठमाडौंका सडकमा आज एमालेको शक्ति प्रदर्शन, जागरणसभा हुँदै

काठमाडौंका सडकमा आज एमालेको शक्ति प्रदर्शन, जागरणसभा हुँदै


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८१, शुक्रबार

काठमाडौं / अराजकता र निराशालाई चिर्न भन्दै नेकपा (एमाले) ले आज काठमाडौंका सडकमा शक्ति प्रदर्शनसहित जागरणसभा गर्दैछ । दरबारमार्गमा हुने जागरणसभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भद्रकालीबाट सुरु हुने जुलुस सुन्धारा, न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुने एमालेले जनाएको छ । बिहान साढे ११ बजे जुलुस सुरू भएर दिउसो साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए । अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->